म्याग्दी अर्गानाइजेशन (मोना युके) ले “नेपाली नयाँ वर्ष २०८३ शुभकामना साँझ” मा कलाकारहरु नेपालवाट बेलायत आइपुगे

SHARE:

बेलायत। गत वर्षहरुमा झैँ म्याग्दी अर्गानाइजेशन युके (मोना युके) ले यस वर्ष पनि सनिवार २५ अप्रिल २०२५ का दिन नेपाली नयाँ वर्ष २०८३ तथा “मोना युके शुभकामना साँझ” को आयोजना गर्ने भएको छ।

उक्त “नेपाली नयाँ वर्ष २०८३ शुभकामना साँझ” मनाउनका लागि कलाकारहरु गोबिन पुन, ललिता पुन, निरुता पुन सरिस्मा राम्जाली नेपालवाट बेलायत आइपुगेको मोना युकेका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक लाल बहादुर पुन (लालु) ले जानकारी दिएका छन्।

उक्त मोना युके शुभकामना साँझको कार्यक्रम बेलायतको फार्नबोरोस्थित स्याम्युल कोडी स्पोर्ट्स कलेजमा आयोजना हुने र शुभकामना साँझको लागि सम्पूर्ण तयारी भैसकेको मोना युकेका अध्यक्ष पदम सुन्दर गर्बुजा मगरले जानकारी दिएका छन्।

वार्षिक भेटघाट कार्यक्रममा नेपालका लोक तथा दोहोरी कलाकारहरु ललिता पुन, निरुता पुन, सरिस्मा राम्जाली, आस्मा छन्त्याल, मेगोमी गर्बुजा र लोकप्रिय लोक तथा पप गायक गगन पुनलाई आमन्त्रण गरिएको छ भने धौलागिरि नौमती बाजा, पुर्ख्यौली नृत्य, थाली नृत्यलगायत स्थानीय कलाकाहरुले आ-आफ्नो कला प्रस्तुति पस्कने भएको छ। सांस्कृतिक कार्यक्रम संचालन नेत्रमान गर्बुजा र रिया रोका मगरले गर्ने भएका छन्।

उक्त शुभकामना साँझको लागि शुल्क बयस्कका लागि जनही £१० राखिएको छ भने ६ देखि माथि १२ वर्षसम्मका बालवालिका र ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको लागि £५ राखिएको संस्थाका महासचिब मन्दिप जुग्जालीले अबगत गराएका छन्।

म्याग्दीबाट युरोप र बेलायतमा बसोवास गरेका म्याग्देली दाज्युभाई तथा दिदीबहिनीहरुलाई आ-आफ्नो परिवार लिएर उक्त मोना युके शुभकामना साँझमा सहभागिता जनाइदिन अध्यक्ष गर्बुजा मगरले अनुरोध गरेका छन्।

Screenshot

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!