रसमर बरो काउन्सीलको विलिङटन वार्डमा डा. बिशाल गुरुङको उमेदवारी

SHARE:

भुतपुर्वक (भुपू) गोर्खा सैनिक स्वर्गिय दल बहादुर गुरुङका सुपुत्र डा. विशाल गुरुङ, पेसाले चिकितिसक भएपनि उनि एक स्वास्थ्य व्यवसायी हुन्। डा. गुरुङले आउदो मे ७ तारिकमा हुन गैरहेको बेलायतको स्थानीय तहको निर्वाचनमा रसमोर बरो काउन्सिल अन्तर्गत विलिङटन वार्डबाट कन्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर पदमा उम्मेदवारी दिनुभएको छ। गुरुङले फिलिपिन्सको साउथ वेस्टर्न युनिभर्सिटीबाट ब्याचलर अफ साइन्स र डक्टर अफ मेडिसिन (एमडी) को उपाधि हासिल गर्नुभएको छ भने बेलायतको क्विन मेरी युनिभर्सिटीबाट पब्लिक हेल्थमा स्नातकोत्तर गर्नुभएको छ।

डा. गुरुङको जन्म पिता दल बहादुर गुरुङ र माता धन माया गुरुङको कोखवाट पुतलीबजार नगरपालिका-२, चिरुवामा भएको हो। उहाँको बाल्यकाल चिरुवा र स्याङ्जा बजारमा बितेको थियो। डा. गुरुङको प्रारम्भिक शिक्षा श्री बराह गुठी प्राथमिक विद्यालयबाट सुरु भएको थियो भने उहाँले प्रवेशिका परीक्षा श्री भूपू सैनिक आवासीय विद्यालय, स्याङ्जाबाट उत्तीर्ण गर्नुभयो। त्यसपछि काठमाडौँस्थित नेसनल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (NIST) बाट कलेज तहको अध्ययन पूरा गरी उहाँ मेडिकल शिक्षाका लागि फिलिपिन्स जानुभयो। चिकित्सा शिक्षा पूरा गरेपश्चात् काठमाडौँ मोडल अस्पतालमा केही समय कार्यअनुभव सँगालेर उहाँ बेलायत आउनुभएको हो।

बेलायतको विन्चेस्टर सहरमा उहाँले ‘केयर मार्क’ नामक स्वास्थ्य संस्था र आफ्नै होम केयर व्यवसाय सञ्चालन गरिरहनुभएको छ। नेपाली समुदायमा स्वास्थ्य र सामाजिक क्षेत्रमा निरन्तर सक्रिय डा. गुरुङ एनआरएनए यूकेको प्रमुख स्वास्थ्य संयोजकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँकै नेतृत्वमा हरेक महिना निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउने काम भइरहेको छ। साथै, प्रत्येक मंगलबार साँझ जुममार्फत सार्वजनिक स्वास्थ्य सचेतना कार्यक्रममार्फत उहाँले नेपाली समुदायमा स्वास्थ्य चेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।

ग्रेटर रसमोर नेपाली समुदायमा पनि उत्तिकै सक्रिय डा. गुरुङले तमु धिँ यूकेमा महासचिवको जिम्मेवारी सम्हाल्दै सामाजिक एकता र सहकार्यमा योगदान पुर्‍याइरहनुभएको छ। यसका अतिरिक्त उहाँले ‘रेज अफ होप फाउन्डेसन फर भिजन’ को माध्यमबाट नेपालमा मोतिबिन्दु शल्यक्रिया शिविरहरू सञ्चालन गर्दै आउनुभएको छ। उहाँको सक्रियतामा हालसम्म ८,००० भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण र ४२३ सफल शल्यक्रिया सम्पन्न भइसकेका छन्। डा. विशाल गुरुङका यी परोपकारी कार्यहरूले समुदायमा स्वास्थ्य र सामाजिक चेतना जगाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

फुर्सदको समय समाजसेवा र खेलकुदमा खर्चन रुचाउने डा. गुरुङले रसमोर बरो काउन्सिल, विलिङटन वार्डका सम्पूर्ण मतदाताहरूलाई आफूलाई अमूल्य मत दिई विजयी गराइदिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!