स्यान्डहर्स्ट, बेलायत नेपाली युवाहरूको सशक्तीकरण र नेटवर्किङलाई लक्षित गर्दै आगामी मे महिनामा ‘DYG २०२६: टुगेदर, वि राइज’ कार्यक्रम आयोजना हुने भएको छ। ‘सँगै हामी अघि बढ्छौं’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस विशेष सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरूले आफ्ना अनुभव र सफलताका कथाहरू सुनाउने DYG का प्रवन्ध निर्देशक दिनेश रोकाले जानकारी दिएका छन्।
कार्यक्रमको विवरण:
मिति: २०२६ मे २३, शनिबार
समय: बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म
स्थान: स्यान्डहर्स्ट कम्युनिटी हल (161 Yorktown Rd, GU47 9BJ)
प्रमुख वक्ताहरू:
सम्मेलनमा सुप्रिना थापा, प्रणय राज शाक्य, सम्पदा गुरुङ, कृष्ण थापा र दिनेश रोक्का जस्ता चर्चित व्यक्तित्वहरूले विशेष सम्बोधन गर्नेछन्। कार्यक्रममा सहभागीहरूका लागि वक्ताहरूसँग सिधै प्रश्नोत्तर (Q&A) गर्ने र व्यावसायिक सञ्जाल (Networking) विस्तार गर्ने सुवर्ण अवसर मिल्नेछ।
प्रायोजक तथा सहयोगीहरू:
यस कार्यक्रमलाई यती होम एस्टेट एजेन्ट, लक्की ड्रागन प्रोपर्टी एन्ड लेटिंग्स र मार्वल स्काई मोर्टगेजेजले मुख्य प्रायोजन गरेका छन्। त्यस्तै, मिडिया पार्टनरका रूपमा हाम्रो नेपाली बिजनेस डाइरेक्टरी र अन्डरराडर स्टुडियोको सहयोग रहेको छ।
बेलायतमा रहेका नेपाली युवाहरूलाई एकै ठाउँमा ल्याई उनीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।






