लन्डन । बृटिश गोर्खा नागरिकता निरन्तरता (सीएनसीबीजी) यूकेको काठमाडौंमा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।
अनामनगरमा सीएनसीबीजीको सम्पर्क कार्यालय शुक्रबार सीएनसीबीजी यूकेका अध्यक्ष थर्कबहादुर रानाले उद्घाटन गरेका भूपू सैनिक संघ कल्याणकारी समिति नेपालका अध्यक्ष हुमबहादुर थापा मगरले जानकारी दिए ।
‘बेलायतमा रहेका भूतपूर्व सैनिकहरूको र निजका सन्तानको वंशजको नेपाली नागरिकता निरन्तरताका लागि नेपाल सरकारसँग सफलता नमिल्दासम्म कानुनी, भौतिक, नैतिक कठोर लडाइँ लडिने छ,’ थापाले भने, ‘सबै किसिमका कानुनी उपचारको लागि सीएनसीबीजीका कानुनी सल्लाहकार एवं भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपालका सचिव अधिवक्ता चेत आले 984-9045691 र कार्यालय सचिव साथै भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपालका सहसचिव पूर्णबहादुर रानालाई 984-6062050 मा सम्पर्क गरी सेवा लिनु होला ।’






