नेपाली दूतावास लन्डनमा ‘एक बालक, एक बिरुवा’ कार्यक्रम सम्पन्न

SHARE:

लन्डन । लन्डनस्थित नेपाली दूतावासले शनिबार आफ्नै परिसरमा ‘एक बालक, एक बिरुवा : नेपाली दूतावासमा एक दिन’ शीर्षकको कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बालबालिकालाई स्वागत गर्दै कार्यवाहक राजदूत विपिन दुवाडीले बेलायतमा जन्मिएका तथा हुर्किएका नेपाली मूलका बालबालिकामा मातृभूमिप्रति अपनत्वको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा नेपालको गौरवशाली इतिहास, सांस्कृतिक सम्पदा तथा मातृभूमिप्रतिको सम्बन्ध बलियो बनाउने र वातावरणीय सचेतना अभिवृद्धि गर्ने लक्ष्य रहेको उल्लेख गरे।

कार्यक्रम ‘ओमकार’, गणेश बन्दना, सरस्वती बन्दना तथा गायत्री मन्त्र वाचनबाट सुरु भई नेपालको राष्ट्रिय गानबाट अगाडि बढाइएको थियो । करिब ४० जना बालबालिकाले दूतावास परिसरभित्र विभिन्न बहुवर्षीय तथा मौसमी फूलबिरुवा रोपेका थिए। बालबालिकासँगै सहभागी अभिभावकहरूले पनि वृक्षरोपण गतिविधिमा सक्रिय सहभागिता जनाउँदै कार्यक्रमलाई साझा सिकाइ अनुभव बनाएका थिए।

कार्यक्रममा करिब एक सय जनाको उपस्थिति रहेको थियो । सहभागीहरूमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिका, तिनका अभिभावक तथा बेक्स्ली, स्विन्डन, बासिङस्टोक र लन्डनका विभिन्न क्षेत्रबाट आएका नेपाली समुदायका सदस्यहरू रहेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!