नेपाली दूतावास लन्डनले मे १० मा आयरल्यान्डमा राहदानी तथा कन्सुलर घुम्ती सेवा शिविर सञ्चालन गर्ने [सूचना]

SHARE:

लन्डन । नेपाली राजदूतावास लण्डनले गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्यान्डको सहकार्यमा आयरल्यान्डमा राहदानी तथा कन्सुलर सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।

राजदूतावासले एक सूचना जारी गर्दै उक्त शिविर आइतबार १० मे २०२६ का दिन दिउँसो ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने जनाएको हो । शिविर डब्लिनस्थित टिचर क्लबमा हुनेछ । शिविरमा राहदानी नवीकरण, कागजात प्रमाणीकरण लगायतका विभिन्न कन्सुलर सेवाहरू प्रदान गरिने जनाइएको छ। आयरल्यान्डमा रहेका नेपालीहरूलाई उपस्थित भई आवश्यक सेवाबाट लाभ लिन अनुरोध गरेको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि स्थानीय सम्पर्क व्यक्तिहरू चेतराज वली र प्रविन बरालसँग सम्पर्क गर्न सकिने जनाइएको छ।

विस्तृतमा हेर्न यहाँ क्लिक गर्नुस्

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!