६ गोर्खा राइफल्स ए कम्पनीले ग्यालिपोली डे मनाए

SHARE:

लन्डन । ग्यालिपोली कम्पनीको आयोजनामा अल्डरसटस्थित ‘दि लन्ज’ रेस्टुरेन्टमा ग्यालिपोली डे तथा वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

शनिबार दिउँसो २:२० बजे सुरु भएको उक्त औपचारिक कार्यक्रमको सञ्चालन तर्कजंग गुरुङले गरेका थिए भने शान्तकुमार गुरुङले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जानकारी गराएका थिए । उपस्थित सबैलाई अमृत गुरुङले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।

कार्यक्रमका प्रमुख वक्ता मेजर जे. एल. डिभाइसले ग्यालिपोली कम्पनीको पृष्ठभूमि र ग्यालिपोली युद्धको ऐतिहासिक महत्वबारे विस्तृत प्रकाश पारेका थिए ।

सोही अवसरमा क्याप्टेन वीरबहादुरले पनि युद्धको इतिहास र यसको प्रभावबारे आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा युद्धमा वीरगति प्राप्त गरेका योद्धाहरूको सम्झनामा दुई मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

औपचारिक सत्रको समापनपछि मनोरञ्जनात्मक कार्यक्रम सुरु भएको थियो, जसको संयुक्त सञ्चालन कुमार गुरुङ, कुमार घले र क्याप्टेन दीपक घलेले गरेका थिए ।

सांस्कृतिक कार्यक्रममा डान्सर सरिश्मा राम्जालीको आकर्षक नृत्यका साथै गायिका सबिना बुढा मगर र निरा थापा मगरको सुमधुर गायनले हलमा छुट्टै रौनक थपेको थियो ।

कार्यक्रमको अन्त्यतिर राइफल ड्रको आयोजना गरिएको थियो, जसमा मेजर धरम गुरुङ लगायत ग्यालिपोलीका वरिष्ठ सदस्यहरूले सहयोग पुर्‍याएका थिए । सो अवसरमा वरिष्ठ सदस्यहरूलाई खादा लगाएर सम्मान समेत गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!