लन्डन । नेपाली भिलेज यूकेको चौथो वार्षिक साधारणसभा आगामी मे १६ तारिखमा हुने भएको छ ।
ब्रेकनस्थित होलिडेज फार्महाउसमा साधारणसभा हुने प्रबन्ध निर्देशक खुसीमान गुरुङ एमभीओले जानकारी दिएका छन् । उनले संस्थाको पछिल्लो अवस्था र भावी योजनाबारे सेयरधनीहरूलाई विस्तृत जानकारी गराउन सभा आह्वान गरिएको बताए । कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ ।
खानाको लागि प्रतिव्यक्ति २५ पाउन्ड लाग्ने जनाइएको छ ।






