दुरा सेवा समाज युकेले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान

SHARE:

नेपाल – शनिवार २५ अप्रिल २०२६ को दिन दुरा सेवा समाज युकेले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ।

पोखरा निवासी बेलायती सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट कर्नल जेपी क्रस १०२ वर्ष पुगेको सुखद अवसरमा दुरा सेवा समाज युकेले उनलाई विशेष सम्मान अर्पण गरेको हो।

कास्कीको पोखरास्थित समाज घरमा आयोजित कार्यक्रममा उनलाई फेटा र खादा ओढाउनुका साथै सम्मान पत्र प्रदान गरियो।

त्यसैगरी, दुरा सेवा समाज नेपालका संरक्षक १०१ वर्षीय श्री वीर बहादुर दुरालाई काठमाडौंको बुढानीलकण्ठस्थित उनकै निवासमा पुगेर फेटा र खादा ओढाई सम्मान गरियो। उनलाई नगद २० हजार रुपैयाँ, फोल्डिङ स्टिक, मायाको चिनो र सम्मान पत्र सहित सम्मान गरिएको थियो।

यसै क्रममा, २०८३ वैशाख २ गते काठमाडौंको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा दुरा सेवा समाज केन्द्र नेपालको ३३औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भयो।

निवर्तमान गृहमन्त्री श्री ओम प्रकाश अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा ठाडो (दुरा) भाकाका प्रख्यात गायकद्वय श्री श्रीजंग दुरा र श्री याम बहादुर दुरालाई गलबन्दी र खादा ओढाएर जनही २५ हजार रुपैयाँ नगद, मायाको चिनो र सम्मान पत्र प्रदान गरियो।

त्यसैगरी, गायिकाद्वय श्रीमती नन्दा कुमारी दुरा र श्रीमती शिवा कुमारी दुरालाई युके सल र खादा ओढाई जनही २५ हजार रुपैयाँ, मायाको चिनो र सम्मान पत्रले विभूषित गरियो।

समारोहमा ‘द भोइस अफ नेपाल’ सिजन ७ की फाइनलिस्ट दुरा चेली सुश्री सन्जिता दुरालाई पनि युके सल र खादा ओढाएर १० हजार रुपैयाँ नगद, मायाको चिनो र सम्मान पत्र प्रदान गरियो। साथै, सन्जिता दुरालाई प्रतियोगिताको दौरानमा साथ, सपोर्ट र महत्त्वपूर्ण सहयोग पुर्‍याउने व्यक्तित्वलाई समेत गलबन्दी र खादा ओढाई २० हजार रुपैयाँ नगद, मायाको चिनो र सम्मान पत्रद्वारा विशेष सम्मान गरिएको थियो।

यस कार्यक्रमले दुरा समुदायको कला, संस्कृति र जेष्ठ नागरिकप्रतिको सम्मानलाई थप उजागर गरेको छ।


 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!