एनआरएनए यूकेको जुम बैठक ५० प्रतिशत कर प्रस्ताव र भविष्यका योजनामाथि छलफल हुने

SHARE:

बेलायत – गैर आवासीय नेपाली संघ (NRNA) यूकेका अध्यक्ष श्री प्रेम गाहा मगरले आगामी २९ अप्रिल २०२६ का दिन एक महत्वपूर्ण भर्चुअल (जुम) बैठक आह्वान गर्नुभएको छ। नेपाली समुदाय र गैर आवासीय नेपालीहरूको हकहितसँग जोडिएका जल्दाबल्दा विषयमा छलफल गर्न यो बैठक आयोजना गरिएको हो।

बैठक बुधवार २९ अप्रिल २०२६ को बेलुकी साँझ बेलायतको समयानुसार १९:३० देखि २१:०० बजेसम्म हुनेछ। बैठाको लागि तल दिइएको छ:

Meeting ID: 835 3714 7653
Passcode: 523336

छलफलका मुख्य एजेन्डाहरूयस प्रकार छन् :
१. सम्पत्ति बिक्रीमा ५० प्रतिशत करको विरोध: नेपाल सरकारले ल्याउन लागेको ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०८२’ को मस्यौदामा गैरआवासीय नेपालीले आफ्नो नाममा रहेको अचल सम्पत्ति बिक्री गर्दा कुल मूल्यको ५० प्रतिशत रकम सरकारलाई राजस्व बुझाउनुपर्ने प्रावधान राखिएको छ। यस विभेदकारी प्रस्तावप्रति आपत्ति जनाउँदै एनआरएनए यूकेले आफ्नो धारणा र आगामी योजनाबारे छलफल गर्नेछ।

२. दूतावासको संयुक्त बैठक आह्वान: बेलायतस्थित नेपाली राजदूतावासले NRNA ICC र NRNA UK का दुवै समूहलाई लण्डनस्थित दूतावासमा संयुक्त बैठक बस्न गरेको आह्वानका सम्बन्धमा संस्थाको आधिकारिक धारणा तय गरिनेछ।

३. NRNA UK – CUP 2026: बेलायतमा रहेका नेपालीहरूबीच एकता र खेलकुद प्रवर्द्धनका लागि आयोजना गरिने ‘एनआरएनए यूके कप २०२६’ लाई कसरी भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने भन्नेबारे विस्तृत कार्ययोजना तयार पारिनेछ।

अध्यक्ष प्रेम गाहा मगरले यी गम्भीर विषयहरूमा साझा धारणा बनाउन आवश्यक रहेकाले बेलायतबासी सम्पूर्ण नेपाली महानुभावहरूलाई बैठकमा उपस्थित भई आफ्ना सुझावहरू राख्न हार्दिक अनुरोध गर्नुभएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!