बेलायत – पुन समाज यूकेको अधिवेशनले मेजर (रिटायर्ड) गम बहादुर बुदुजा पुनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। आइतबार, २६ अप्रिल २०२६ का दिन साउथ हारो स्पोर्ट्स एण्ड सोसल क्लब, लण्डनमा आयोजित संस्थाको अधिवेशनले पूर्व कार्यसमितिलाई नै यथावत राख्दै आगामी कार्यकालका लागि पुन: जिम्मेवारी सुम्पिएको हो।
निर्वाचन समितिका प्रमुख अति प्रसाद पुन तथा निर्वाचन मण्डलका सदस्यहरू ले. बेल बहादुर पुन र शेर बहादुर पुनको उपस्थितिमा सम्पन्न निर्वाचन प्रक्रियाले सर्वसम्मतिबाट नयाँ पदाधिकारी तथा सदस्यहरू चयन गरेको हो।
अधिवेशनबाट निर्वाचित कार्यसमितिमा अध्यक्षमा मेजर (रिटायर्ड) गम बहादुर पुन, उपाध्यक्षमा क्याप्टेन (रिटायर्ड) उमेश कुमार गर्बुजा पुन (MVO), महासचिवमा टक प्रसाद तिलिजा पुन, सह-सचिवमा कृष्ण बहादुर पहरे पुन, कोषाध्यक्षमा देउमान गर्बुजा पुन र सह-कोषाध्यक्षमा तारा बहादुर पुर्जा पुन रहनुभएको छ।
त्यस्तै, कार्यसमितिको सदस्यहरूमा पुर्ख्यौली इन्चार्ज (IC) तर्फ जंग बहादुर बुदुजा, सांस्कृतिक संयोजकमा लिला राम तिलिजा पुन, खेलकुद संयोजकमा चन्द्र बहादुर शेरपुजा पुन, जनसम्पर्क तथा मिडिया संयोजकमा अरिसन गर्बुजा पुन, सम्पत्ति व्यवस्थापनमा राम प्रसाद पाइजा पुन र कर्मकाण्ड इन्चार्जमा हरि बहादुर तिलिजा पुन चयन हुनुभएको छ।
बेलायतमा बसोबास गर्ने पुन समुदायलाई एकजुट बनाउँदै सामाजिक र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले क्रियाशील पुन समाज यूकेले यस अधिवेशनमार्फत आफ्नो सांगठनिक एकतालाई थप मजबुत बनाएको छ।
अध्यक्ष मेजर गम बहादुर पुनले निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अधिवेशन भव्य रूपमा सम्पन्न गराएकोमा निर्वाचन मण्डललाई धन्यवाद दिनुभएको छ ।





