बाबाको आवाज सुन्न नसक्ने गरी टाढा… [कविता]

SHARE:

भत्किरहेको पहाडको सङ्घारमा टक्क उभिएर,
मेरो पापा!! भित्र भित्रै मन पहिरोझैँ खस्दै होला,
तर बाहिर कठोर खम्बा बनेर
आफैँलाई सम्हालिरहनु भएको छ
त्यो मनको बाँधलाई त्यहीँ थुनेर,
आँसुको भेललाई आँखामै रोक्दै
आमाको निश्चल शरीर अगाडि,
कम्पिरहेको हातले अन्तिम पटक स्पर्श गर्दै
सायद भित्रभित्रै चिच्याइरहनु भएको होला,
‘एक पटक मात्रै आँखा खोल न…
म अझै तयार छैन तिमी बिना बाँच्न …
तिम्रा नानीहरू टुहुरा भए,
तिमीले जस्तो म सम्हाल्न सक्दिनँ होला,
तिमीले जस्तो नानीहरूले मलाई बुझ्दैनन् होला…
उठ न… सँगै जाऔँ…
तर…
आमा त चुपचाप हुनुहुन्छ,
सधैँका लागि मौन
बाबाको आवाज सुन्न नसक्ने गरी टाढा…
समयले शरीर टाढा लैजाँदै गर्दा,
पीडाको भारीले छाती चिरिँदै होला,
भित्रभित्रै कति बगिरहेको होला आँसुको खोला…
तर आँसुहरूलाई समेत रोक्न बाध्य—
किनकि उहाँ बाबा हुनुहुन्छ…
आज थाहा भयो,
मृत्युले शरीर मात्र होइन,
बाँचिरहेकाहरूको आधा सास, आधा आत्मा पनि
सँगै चुँडेर लैजाँदोरहे छ…
बिदाइको यो निर्दयी पलले
सबै कुरा खोसेर लैजाँदैछ
अधुरो परिवार, माया, सपना, साथ, खुशी…
आमा…
तिमी बिना अबको हरेक दिन
बाबाका लागि युद्ध हुनेछ…
र हामी सबैका लागि
अधुरो जीवनको लामो यात्रा……

फेसबुकबाट साभार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!