गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी

SHARE:

लन्डन । गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल चयन भएकी छन् ।

नवौं कार्यसमितिको अध्यक्ष पदका दाबेदार मुकुन्द खराल र क्या. ताम ढेगाले उम्मेदवारी फिर्ता लिएपछि भण्डारी अध्यक्ष बनेकी हुन् । मञ्जुले यसअघि कार्यसमिति सदस्य, सांस्कृतिक सचिव, प्रवक्ता, सचिव हुँदै दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन् ।

उपाध्यक्षद्वयमा क्या. ताम ढेगा र डा. विष्णु घिमिरे, महासचिव महलाल घिमिरे, सचिव राधा खरेल, कोषाध्यक्ष अर्जुन बस्नेत र सह-कोषाध्यक्षमा माया केसी निर्विरोध भएका निर्वाचन कमिस्नर मीन दर्लामीले जनाए ।

२१ सदस्यीय कार्यसमितिको सांस्कृतिक सचिवमा दीपक थापा मैथाने र प्रवक्ता सुरेश केसी चयन भएका छन् ।

सदस्यहरुमा मेजर बुद्धि भण्डारी, सूर्यविक्रम केसी, वासुदेव पोखरेल, लक्ष्मण पौडेल, रामप्रसाद पन्थी, पुण्यहरि अर्याल, हिरा सापकोटा, हरिप्रसाद अर्याल, वसन्त खनाल, विश्वप्रताप सिंह, सुधिर गौतम र गीता काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिको औपचारिक घोषणा आगामी मे ३ मा हुने अधिवेशनमा हुने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!