तमु धिं नेपालद्वारा प्रतिनिधिसभा सांसदद्वय गुरुङ र पौडेललाई बधाई सम्मानसहित अन्तरक्रिया

SHARE:

पोखरा । बिना गुरुङ र उत्तमप्रसाद पौडेललाई बधाई, सम्मान र उहाँहरूसँग अन्तरक्रिया कार्यक्रम तमु धिं नेपालले सम्पन्न गरेको छ ।

कार्यक्रममा तमु धिं नेपालकी केन्द्रीय सदस्य समेत रहनु भएकी कास्की क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित  बिना गुरुङ, कास्की क्षेत्र नं २ बाट निर्वाचित माननीय उत्तमप्रसाद पौडेललाई तमु धिं नेपाल, तमु प्ये ल्हु संघ, तमु धिं कास्की, केन्द्रीय आमा समिति, युवा समिति,  तमु कलाकार संघ गण्डकी, लाम्छाने समाज, गुरुङ गहना घर, क्षेत्रीय तमु समाजहरुको तर्फबाट बधाई सम्मान गरिएको थियो। 

गुरुङ र  पौडेलले सुशासन, नागरिकको हित र मुलुकका विकासका लागि इमानदारीपूर्वक काम गर्नेमा जोड दिनुभयो। तमु धिं नेपाल लगायत समुदायको विकासमा आफूहरू बाट सक्दो पहल हुने प्रतिबद्धता उहाँहरूको थियो।आफूहरूलाई अत्यधिक मतका साथ निर्वाचित गराएकोमा धन्यवाद दिनुहुँदै सधैँ नागरिकको सुख दुखमा साथै रहने भन्दै साथ सहयोग सुझावको समेत अपेक्षा गर्नुभएको थियो ।

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष ओ म बहादुर गुरुङ, तमु धिं केन्द्रीय सदस्य कृष्णकुमार गुरुङ, जिल्ला सदस्य कृष्ण कुमारी गुरुङ, जिल्ला सल्लाहकार चम्पासिंह गुरुङ, सोंपाल तमु समाज अध्यक्ष दिपक गुरुङ, तमु धिं नेपाल पूर्व सदस्य प्रेम गुरुङ लगायतले तमु, आदिवासी जनजाति, महिला, निम्न वर्ग लगायतको अधिकार, सुकुम्वासी समस्या, डुबान, भ्रष्टाचार, प्रशासनिक ढिला सुस्ती, शैक्षिक, सामाजिक, सांस्कृतिक, विभेद, विकास निर्माण लगायत विविध पक्षमा सुझाव जिज्ञासा राख्नुभएको थियो।

तमु धिं नेपालले सांसदद्वयलाई आगामी बजेटमा समावेशका लागि योजना बुझाएको थियो। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले स्वागत र महासचिव जुना गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको कार्यक्रममा युवा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!