बेलायतमा आज तमु समाज यूकेले २५७०औँ बुद्ध जयन्ती मनाउँदै, उपस्थित हुन अध्यक्ष गुरुङको आग्रह

SHARE:

लन्डन । तमु समाज युकेले २५७० औं बुद्ध जयन्ती तथा महापरिनिर्वाण प्राप्त गरेको पुण्य तिथिको अवसरमा आज मे २ मा विशेष बुद्ध पूर्णिमा पूजा, स्वस्ती शान्ति एवं धर्मोपदेश कार्यक्रम आयोजना गर्दै छ ।

दक्षिण भारतको प्रसिद्ध नमडोलिङ गुम्बाबाट बौद्ध दर्शनमा उच्च शिक्षा (खेन्पो) हासिल गरेका धर्मगुरुको विशेष उपस्थितिमा शनिबार कार्यक्रम हुन लागेको हो । कार्यक्रम लन्डनस्थित तमु समाज यूकेको सामुदायिक भवनमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुनेछ ।

कार्यक्रममा पर्वत, आर्थर डाँडाखर्क (हाल:रेडिङ बुद्धिष्ट गुम्बा यूके)का खेन्पो पाल्देन गुरुङ (श्याम गुरुङ) उपस्थित हुने तमु समाज युकेका निवर्तमान अध्यक्ष शिव कुमार गुरुङले जानकारी दिए । खेन्पो पाल्देन, गुरुङ (तमु) लामा बौद्ध धर्म संघका केन्द्रीय सदस्य एवं रुम्जाटर बौद्ध गुम्बाका प्रमुख लामासमेत हुन् ।

धर्मगुरुहरूको मार्गदर्शनअनुसार यस वर्ष घोडा, मुसा, कुकुर, चरा र बिरालो ‘ल्हो’ (वर्ग) भएका महानुभावहरूलाई आयु पूजा र ग्रह शुद्धीकरण अनिवार्य देखिएकाले विशेष ध्यान दिनुहुन अनुरोध गरिएको छ । त्यस्तै पूजाको दिन उज्यालो, सफा वस्त्र लगाएर उपस्थित हुन अनुरोध गरिएको छ । गुरुहरूका अनुसार उक्त दिन कालो रङ्गको वस्त्र प्रयोग नगर्न पनि सुझाइएको छ ।

सम्भव भएसम्म पूजाका लागि आवश्यक ‘साङ धुप’ आफैँले लिएर आउन आग्रह गर्दै आफूसँग उपलब्ध छैन भने आफन्त वा इष्टमित्रबाट प्राप्त गरी, त्यसको बदलामा केही पैसा (जस्तै: १–२ पेन्स) दिएर ‘आफ्नो’ बनाई ल्याउनु शुभ मानिने पनि आयोजकले प्रस्ट पारेको छ ।

साङ धुपको व्यवस्था गर्न कठिनाइ भएमा पूजा संयोजक हरिमान गुरुङलाई सम्पर्क गर्न भनिएको छ । कार्यक्रममा तमु समाज युके आमा समूहले नि:शुल्क भोजन तथा पेय पदार्थ उपलब्ध गर्ने भएको छ।

यस्तै अध्यक्ष विन्दु कुमारी गुरुङ घले, कार्यक्रम संयोजक हरिमान गुरुङ, आमा समूह अध्यक्ष बिमला गुरुङ, महासचिव सुब घलेलाई सम्पर्क गर्न सकिने जनाइएको छ । खेन्पो गुरु तथा अन्य धर्मगुरुहरूद्वारा विशेष पूजापाठ, शुद्धीकरण र प्रवचन हुने भएकाले सहभागी भई धर्म लाभ लिन तमु समाज यूकेले अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!