सोंपाल समाज यूके सातौं कार्यसमितिको दोस्रो साधारणसभा भव्य र सभ्य रुपमा सम्पन्न

SHARE:

लन्डन । सोंपाल समाज यूकेको सातौं कार्यसमितिले ३ मे २०२६ आइतबार आर्मी रिजर्भ सेन्टर, ईज्वेरस्थित भवनमा दोस्रो साधारणसभा भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ ।

साधारणसभा दिउँसो १ बजेबाट शुरु भएर बेलुका ६ बजेसम्म चलेको थियो । कार्यसमितिका सदस्यहरु, संरक्षकहरु, सल्लाहकारहरु, आमा समूहकी अध्यक्लगायत आमा समूह, युवावर्गहरुको बाक्लो उपस्थितिले कार्यक्रमलाई बढी रौनक बनाएको थियो ।

प्रथम चरण:
कार्यक्रमलाई महासचिव क्या. (रि) मोहन गुरुङले संचालन गरेका थिए । कार्यक्रमको सुरुमा भगवान् बुद्धलाई आस्थाको केन्द्र मानेर अध्यक्ष जगदीश गुरुङ, आमा अध्यक्ष मनदेवी गुरुङ, संस्थापक आमा अध्यक्ष नयिन्द्र गुरुङ र ज्येष्ठ सदस्य सल्लाहकार जुमबहादुर गुरुङले दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

आमा समूहको अध्यक्ष मनदेवी गुरुङ तथा संस्थापक आमा अध्यक्ष नयिन्द्र गुरुङको नेतृत्वमा आमा समूह तथा सबैबाट बुद्ध भजनसहित बुद्ध जयन्तिको पूजाअर्चना गरिएको थियो ।

दोस्रो चरण :
महासचिवको बैठक संचालन क्रमबद्ध अनुसार, समाजका प्रथम उपाध्यक्ष भरत गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । क्रमश: अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रबिना गुरुङद्वारा वार्षिक कोषको प्रतिवेदन, आमा अध्यक्ष मनदेवी गुरुङको मन्तव्यसहित कार्यक्रम सफलताका लागि शुभकामना दिइएएको थियो भने साधारणसभाको बुँदाहरुको प्रवेशमा विधान समिति संयोजक क्या. (रि) राजेन्द्रमान गुरुङले विधान संशोधनसम्बन्धी जानकारी गराएका थिए ।

समाजको भवन खरिद समिति चयन, मुखपत्र सम्पादक मण्डल चयन, वेब साइटबारे भूपू अध्यक्ष युक्तबहादुर गुरुङद्वारा जानकारी, सोंपाल समाज यूकेका सदस्यहरुको, चेलीबेटीलगायत युरोपमा बसोबास गरेका सोंपालवासीको खोजतलास र लिंक/क्वीआर कोर्डद्वारा महासचिवले तथ्यांक संकलनबारे, लेखापरीक्षण संयोजक क्या. (रि) चित्रबहादुर गुरुङद्वारा प्रतिवेदन पेश, जन्मभूमि शिरुबारी गाउँबाट आर्थिक संकलनबारे प्राप्त पत्रबारे जानकारी, समाजको वार्षिक कार्यक्रमहरु संचालन गर्न संयोजकहरुको नियुक्ति, अन्त्येष्टि कार्यक्रममा रातो बस्त्र लगाउने भनी आएको बुँदामा छलफलसहित उपस्थित महानुभावहरुबाट आआफ्नो धारणा प्रस्तुत गरिएको थियो ।

दोस्रो साधारणसभालाई सफल बनाउन खानपिनसम्बन्धी मिठो तातो तातो सेलरोटी, लगन अचार, पोर्क करी, चिकन करी, बासमती राइस, आलुदम, तरुल, पानी बोटल, मिष्टन्न द्वारा मिठो भोजन खुवाउने मथुरा गुरुङ, उना गुरुङ, अन्जली गुरुङ, मिरा गुरुङ, सूर्यकुमारी गुरुङ, फलफुलमा निर्मला गुरुङ, आमा अध्यक्ष मनदेवी गुरुङ, फस्ट लेडी सिमा गुरुङ, मिना गुरुङ र सहभागीहरुले पेय पदार्थ सफ्ट ड्रिंक्स, बियर प्रायोजनमा डेभिड गुरुङले गरेकोमा अध्यक्ष जगदीश गुरुङले धन्यवाद दिएका छन् ।

अन्तमा, सातौं कार्यसमितिको दोस्रो साधारणसभामा सबै जनाको उत्कृष्ट धारणा आदनप्रदान गरेर बैठकमा मिठो अन्तरक्रिया भएर सभा सम्पन्न भएको थियो । साधारणसभालाई उत्कृष्ट बनाउन महासचिवको विशेष भूमिका निर्वाह गरेकोमा महासचिव क्या.(रि ) मोहन गुरुङ, कार्यक्रम स्थललाई विशेष सजावटको भूमिका निभाउने प्रथम उपाध्यक्ष भरत गुरुङलगायत, लेखापरीक्षणसम्बन्धी क्या. (रि) चित्रबहादुर गुरुङ, विधानसम्बन्धी क्या. (रि) राजेन्द्रमान गुरुङ, शिरुबारी गाउँको पदमा सम्भाब प्रतिमा निर्माणसम्बन्धी अर्थ संकलन संयोजक क्या. (रि) रामकाजी गुरुङलाई जिम्मा लिएकोमा, वेब साईटसम्बन्धी भूपू अध्यक्ष/संरक्षक युक्तबहादुर गुरुङद्वारा जानकारी गराएकोमा , अन्त्येष्टि कार्यक्रममा मेरुण रंगको बस्त् बारे सल्लाहकार रुद्रबहादुर गुरुङद्वारा आफ्नो धारणा राखेकोमा, महासचिद्वारा यूरोपमा रहेका सोंपालवासी तथा बेलायतमा बसोबास चेलीबेटीहरु तथा सदस्यहरुको डाटा क्यूआरद्वारा संकलन गरिनेबारे उत्कृष्ट विचार र कार्ययोजनाप्रति, संस्थाप्रति विशेष योगदान दिएबापत उनीहरुको पहिचान मूल्यांकन गरिने बारे मन्जुरी दिएको सबैमा अध्यक्ष गुरुङले आधार तथा धन्यवाद दिएका थिए ।

यसैगरी संस्थाको मुखपत्र प्रकाशनसम्बन्धी प्रधान सम्पादकको जिम्मेवारी लिएकोमा क्या.(रि) राजेन्द्रमान गुरुङ तथा प्रमुख सल्लाहकारमा क्या.(रि) प्रेमबहादुर गुरुङले स्वीकार गरिएकोमा र सम्पादक मण्डलमा राम (बाबुकाजी) गुरुङ, युक्तबहादुर गुरुङ र श्रीमती मिना गुरुङ चयन भएकोमा, मुखपत्रमा विज्ञापन संकलनसम्बन्धी डेभिड गुरुङले जिम्मा लिएकोमा, समाजको भवन खरिदसम्बन्धी समिति गठन सम्बन्धी गरिएको खुशीमा र अन्य विषयवस्तुहरुमा राम्रो छलफल भएकोमा पनि अध्यक्ष जगदीश गुरुङले धन्यवाद र आभार व्यक्त गरे ।

साधारणसभामा निवर्तमान अध्यक्ष श्रीप्रसाद गुरुङ, विशेष सुझावको लागि संरक्षक देउबहादुर गुरुङ, सल्लाहकार रुद्रबहादुर गुरुङ, संरक्षक क्या. (रि) प्रेमबहादुर गुरुङ, विशेष भूमिकामा संस्थापक आमा अध्यक्ष नयिन्द्र गुरुङ, सूर्या गुरुङ, संगीता गुरुङ, शर्मिला गुरुङ, बिजया गुरुङ, भूपू आमा उपाध्यक्ष धनमाया गुरुङ, आमा उपाध्यक्ष कमला गुरुङ, उपाध्यक्ष मिना गुरुङ, क्षेत्रीय प्रतिनिधिहरु धनबहादुर गुरुङ, लैंच गुरुङ, लैंच गुरुङ, कार्यसमितिका पदाधिकारीहरु, नवराज गुरुङ, सिर्जना गुरुङ, सन्तोष गुरुङ उपस्थित थिए ।

यस्तै विशेष उपस्थिति ह (ले ) धनप्रसाद गुरुङ, चिन गुरुङ, मिठु गुरुङ, राम (बाबुकाजी) गुरुङ, जुमप्रसाद गुरुङ, संस्थापक उपाध्यक्ष पार्वती गुरुङ, प्रेमा गुरुङ, रत्ना गुरुङ, कृष्ण गुरुङ, चन्न्द्रावती गुरुङ, युवा वर्गहरु दिपा गुरुङ, प्राण गुरुङ, राशिक गुरुङ, पराग गुरुङ, ओमकार गुरुङ, विजय गुरुङलगायत थिए ।

दोश्रो साधारणको स्थल प्रबन्ध गरिदिएमा योगराजलाई पनि अध्यक्ष जगदीश गुरुङले धन्यवाद ज्ञापन गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!