नेफिन युकेको डिनर नाइटको सम्पूर्ण तयारी पुरा

SHARE:

बेलायत – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतको आयोजनामा आगामी मे १० तारिख आइतबारका दिन अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा एक विशेष ‘डिनर नाइट’ कार्यक्रम सम्पन्न हुने भएको छ। उक्त डिनर नाइटको सम्पूर्ण तयारी पुरा भएको नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईले जानकारी दिनुभएको छ।कार्यक्रमका प्रमुख संयोजकमा मेजर इन्द्रप्रसाद राई छन् ।

“देश तथा विदेश जहाँ रहेपनि हाम्रो पहिचान, प्रतिनिधित्व र समावेशिताको आवाज उठाउँ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमले विश्वव्यापी रूपमा छरिएर रहेका नेपाली आदिवासीहरूको भाषा, धर्म, संस्कृति र अधिकार सुनिश्चितताका लागि जागरण फैलाउने लक्ष्य राखेको छ।

आदिवासी जनजातिको पहिचान र अधिकारलाई अन्तर्राष्ट्रिय स्तरमा थप सुदृढ बनाउन र विश्वव्यापी जागरण अभियानलाई गति दिन यो कार्यक्रम एउटा महत्वपूर्ण मञ्च बन्ने विश्वास गरिएको छ।

नेपाल आदिवासी जनजाति महासंघ बेलायत मुख्य आयोजक रहेको यस गरिमामय कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत, नेपाल आदिवासी जनजाति युवा महासंघ बेलायत र नेपाली मूलवासी एकता (NIU) सह-आयोजकका रूपमा रहेका छन्।

अल्डरसटको हाई स्ट्रीटस्थित हलमा हुने उक्त समारोहमा बेलायतमा रहेका विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, अभियन्ता र समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रमले आफ्नो पुर्ख्यौली पहिचानको संरक्षण गर्दै प्रवासमा रहेका नेपालीहरूलाई एकजुट हुन र साझा अधिकारका लागि आवाज बुलन्द गर्न थप उर्जा प्रदान गर्ने आयोजक पक्षले जनाएको छ।

कार्यक्रमका विशेष आकर्षणहरूमध्ये मिट एन्ड ग्रिट सत्र मुख्य रहनेछ, जसअन्तर्गत विभिन्न जातीय संस्थाका अध्यक्षहरूबीच आत्मीय भेटघाट तथा परिचय आदानप्रदान गराइनेछ। सो अवसरमा उनीहरूको उत्कृष्ट नेतृत्व, प्रतिबद्धता तथा संस्थागत योगदानको कदरस्वरूप औपचारिक सम्मान तथा बधाई ज्ञापन गरिनेछ। साथै समुदायमा उल्लेखनीय सुधार, विकास तथा सकारात्मक परिवर्तनमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिने नेफिन यूकेले जनाएको छ ।

कार्यक्रममा नेपालवाट बेलायत आएका चर्चित कलाकार अस्मिता राना मगरको विशेष प्रस्तुति रहनेछ। सहभागी अतिथिहरूका लागि पारम्परिक नेपाली रात्रिभोजको व्यवस्था गरिनुका साथै आकर्षक लक्की ड्र कार्यक्रम समेत सञ्चालन गरिनेछ। कार्यक्रमका क्रममा मातृभूमि नेपालसँग सम्बन्धित आगामी कार्ययोजना तथा समसामयिक विषयहरूबारे जानकारीमूलक अद्यावधिक प्रस्तुत गरिने जनाइएको छ।

अध्यक्ष मेजर राईले नेफिन यूकेले आफ्ना सम्पूर्ण संघीय परिषद सदस्य संस्थाहरू, सल्लाहकारहरू, समुदायका अगुवाहरू तथा शुभेच्छुक महानुभावहरूलाई समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन निमन्त्रणा गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!