तमु समाज युकेको मे १७ मा १९औं वार्षिक साधारणसभा बोलाइयो

SHARE:

लन्डन । तमु समाज युकेले यही मे १७ तारिखमा १९औं वार्षिक साधारणसभा बोलाएको छ ।

लन्डन वेम्बलीस्थित बरहाम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा आइतबार मे १७ मा बिहान १० बजेदेखि साधारणसभा सुरु हुने समाजका महासचिव शुभ घलेले जानकारी दिएका छन् ।

‘संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, आमा समूह तथा युवा समूहका वर्तमान, पूर्व तथा निवर्तमान अध्यक्षज्यूहरूलगायत सम्पूर्ण पदाधिकारी एवं सदस्य महानुभावहरूमा सप्रेम अभिवादन,’ समाजको सूचनामा भनिएको छ,’तमु समाज युकेको आगामी १९औं वार्षिक साधारणसभाको सुखद अवसरमा यहाँहरू सम्पूर्णको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछु । संस्थालाई अझ सशक्त, पारदर्शी र गतिशील बनाउन यहाँहरूको सक्रिय उपस्थितिले विशेष महत्त्व राख्दछ।
तसर्थ, उक्त सभामा उपस्थित भई आ-आफ्नो अमूल्य सल्लाह, सुझाव र मार्गदर्शन प्रदान गरी हाम्रो समाजलाई थप उचाइमा पुर्‍याउन सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।’

समाज आबद्ध व्यक्तिहरुको अर्थपूर्ण सहभागिताले नै साङ्गठनिक एकता र प्रगतिलाई थप बल पुग्ने विश्वास व्यक्त गरिएको छ । तमु समाज युके २००७ सेप्टेम्बर ३० मा स्थापना भएको हो । यो संस्थाको नेतृत्व अहिले बिन्दु कुमारी गुरुङ घलेले गरिरहेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!