नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय : पदमुक्त भए विदेशस्थित १५ अनररी कन्सुल

SHARE:

काठमाडौं । नेपाल सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतलाई पदमुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विभिन्न देशमा कार्यरत १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई हटाउने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेल ले उक्त जानकारी दिनुभएको हो । यद्यपि, पदमुक्त गरिएका व्यक्तिहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन अन्तर्गतको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ र श्रम निरीक्षणसम्बन्धी १९४७ को महासन्धि नम्बर ८१ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

त्यसैगरी, यही वैशाख २८ गते बस्ने संघीय संसद् बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल लाई अनुरोध गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!