वरीयताले चौथोलाई प्रधानन्यायाधीश नियुक्त सिफारिस गरिएकोमा अध्यक्ष हर्कराज राईको आपत्ति

SHARE:

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वरीयताले चौथोलाई प्रधानन्यायाधीश नियुक्त सिफारिस गरिएकोमा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका राईले शु्क्रबार विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसमा लिएको निर्णय प्रक्रियाप्रति आपत्ति जनाएका हुन् ।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले नेपालको प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोज शर्मालाई सिफारिस गरेको थियो । उनले वरीयता उल्लंघन गरेर गरिएको निर्णयमा आफ्नै पार्टीबाट उपसभामुख बनेकी रुवि कुमारी ठाकुरले हस्ताक्षर गरेकोमा खेद प्रकट गरेका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!