लन्डन । बेलायतमा लक्ष्यबहादुर गुरुङ काउन्सिलरमा निर्वाचित भएका छन् ।
कन्जरभेटिभबाट उम्मेदवार बनेका गुरुङ लन्डन बरो अफ बार्नेट एडगवेयरबरी वार्डमा निर्वाचित भएका हुन् । शुक्रबार सार्वजनिक परिणाम अनुसार १ हजार ९५१ मत प्राप्त गरेका छन् । सोही वार्डमा कन्जरभेटिभका बेन्जामिन जेभ गोल्डबर्ग पनि २ हजार १६० मतसहित विजय भए ।
ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजबाट सेवानिवृत्त गुरुङ सन् २००५ देखि सपरिवार बेलायतमा बसोबास गर्दै आएका छन् । बर्न्टओक नेपाली समाजका पूर्वअध्यक्ष गुरुङ नेपाली समुदायलाई उनले पर्याएको सेवाको कदर स्वरुप बार्नेट सिभिक अवार्डबाट सम्मानित पनि भएका थिए ।







