ल्होछारको तयारी पूरा तमुधिं युके

SHARE:

एटा संवाददाता
लन्डन । तमुधिं युकेले ल्होछार पर्वको तयारी पूरा भएको जनाएको छ । तमुधिं युकेले कुकुर बर्गको बिदाई र मृग बर्गको स्वागत गर्नका लागि आउँदो ३० डिसेम्बरको साँझ सदाझैं रेडिङ्गको रिभरमेड लिजर सेन्टरमा बृहत कार्यक्रमको आयोजना गर्न लागेको छ ।

गत शनिबार ८ डिसेम्बरका दिन तमुधिं भवन मिचेटमा बसेको ल्होछार सम्बन्धी तयारी बैठकमा तमुधिं युकेका वरिष्ठ उपाध्यक्ष एवं ल्होछार संयोजक नन्दजङ्ग गुरुङले ल्होछारको तयारीबारे जानकारी गराएका थिए ।
बैठकमा धादिङ्गको खादिङ्गमा तमुधिं युकेद्वारा निर्माण गरिएको हिमालय सरस्वती प्राविको भवन उद्घाटनबारे तयार पारिएको भिडियो प्रस्तुत् गरिएको थियो । सो विद्यालय भवन उद्घाटनका लागि तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ लगायत पदाधिकारीहरु नेपाल गएका थिए ।

तमुधिं युकेले यसपटकको ल्होछारमा नेपालबाट गायक टंक बुढाथोकी, गायिका अनु गुरुङ र गायक गोविन्द गुरुङलाई निमन्त्रणा गरेका छन् । त्यस्तै, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङलाई समेत निमन्त्रणा दिइएको महासचिव कृष्णप्रसाद गुरुङले जानकारी गराए ।

ल्होछारलाई सफलतापूर्वक कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा व्यापक रुपमा छलफल गरिएको सो बैठकमा तमुधिं युकेका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका साथै सल्लाहकारहरुको समेत बिशेष उपस्थिति रहेको थियो । सो अवसरमा हालै सहारा अवार्डबाट सम्मानित भएका तमुधिं युकेका कल्चरल सेक्रेटरी कृष्ण गुरुङलगायत विभिन्न व्यक्तिहरुलाई बधाई दिइएको थियो भने पहार ट्रष्ट नेपालले पठाएको मायाको चिनो समेत अध्यक्ष ज्ञाम गुरुङले सल्लाहकार एकेन्द्र गुरुङ, उपाध्यक्ष हित काजी गुरुङ र फोटोग्राफर मिलन तमुलाई प्रदान गरेका थिए ।

तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तब्य दिएका थिए भने महासचिव कृष्णप्रसाद गुरुङले बैठक सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!