प्रधानमन्त्री वालेन्द्र शाहका उपस्थितिको माग गर्दै विपक्षी दलहरुले गरे प्रतिनिधिसभा बैठकमा अवरोध

SHARE:

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका उपस्थितिको माग गर्दै विपक्षी दलहरुले प्रतिनिधिसभाको बुधबारको बैठकमा अवरोध गरेका छन् । त्यसअघि बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको बताएका थिए ।

आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यक्रम थियो । आकस्मिक समय र शून्य समयमा सांसदहरुले समसामयिक विषयमा आफ्ना धारणा राखेपछि सभामुख डिपी अर्यालले आव २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको जानकारी गराएका थिए । त्यसलगत्तै विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आसनबाट उठेर विरोध जनाए ।

सदनको कारबाहीमा अवरोध भएपछि सभामुख अर्यालले पटकपटक सदनलाई मर्यादित बनाउन आग्रह गरे । विपक्षी दलका सांसदहरुलाई आफूले बोल्न दिने आग्रह गर्दै सभामुखले सदनलाई मर्यादित बनाउन र सदनलाई नियमित सञ्चालन गर्नुपर्ने बताए ।

विपक्षी दलका सांसदहरुले लगातार विरोध जनाएपछि प्रमुख विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीलाई बोल्न समय दिए । सांसद केसीले प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको दोहोर्‍याए । उनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको, सांसदहरुको धारणा सुन्नुपर्ने र जवाफ दिनुपर्नेमा जोड दिए ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने बेलामा नआए पनि सांसद ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रम जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज भएकाले छलफलमा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ऐनबहादुर महरले कार्यसूचीमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्ने विषय उल्लेख भएको बताउँदै उनको सदनमा उपस्थिति आवश्यक छ भने । सोही दलका सांसद गुरु बरालले प्रधानमन्त्रीको सदनमा उपस्थिति आवश्यक भएकामा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको अनुपस्थितिमा उनका तर्फबाट मन्त्रीले छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेस गर्नसक्ने व्यवस्था संसद्को नियमावलीमा रहेको जानकारी दिए ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सङ्घीय संसद्मा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको र आफूहरुले उनको धारणा सुन्न पाउनुपर्ने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!