नेपाल तामाङ घेदुङको १० औं महाधिवेशन काठमाडौंमा सुरु

SHARE:

काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङको १० औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको स्वयम्भूस्थित एक पाटी प्यालेसमा विशेष समारोहबीच नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले दीप प्रज्वलन गरेर महाधिवेशन उद्घाटन गरेका हुन् । उद्घाटनअघि लामाले मोलम पाठ, झाँक्री (बोन्बो)ले साङ्सेर्गेम, ताम्बाले विधिवत् पूजापाठ र संस्कृति घेदुङका कलाकारहरुले प्रस्तुति राखेका थिए ।

स्वागत मन्तव्य राख्दै सहअध्यक्ष कुमारसिं घिसिङले संस्था स्थापनाकालदेखि योगदान पुर्‍याउनेहरुलाई स्मरण गर्दै आभार प्रकट गरे । उनले उद्घाटन सत्रपश्चात् आजै बन्दसत्र सुरु हुने बताए । महाधिवेशनका लागि देश तथा देशबाहिरबाट प्रतिनिधि र पर्यवेक्षक आएका छन् ।

पर्सिसम्म चल्ने महाधिवेशनको बन्दसत्रमा नीति तथा कार्यक्रम र योजनाबारे छलफल गरेर पारित गर्ने र संघीय नयाँ कार्यसमिति छानिने कार्यसूची रहेको छ ।

उद्घाटन सत्रमा दलका सांसदहरु, नेताहरु, बुद्धिजीवी, समाजसेवी, कलाकार, पत्रकारलगायत विभिन्न क्षेत्रका अगुवा तथा सम्बद्ध व्यक्तिहरुको उपस्थिति रहेको छ ।

‘तामाङ भाषा, धर्म, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि हाम्रो अभियान, तामाङ पहिचान, प्रतिनिधित्व र एकताका लागि घेदुङको दसौं महाधिवेशन’नाराका साथ महाधिवेशन सुरु भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!