तमु धिं नेपालले ४२ औं स्थापना दिवस मनाउँदै, लिटिलस्टेपका शेरबहादुर गुरुङलाई शैक्षिक सम्मान

SHARE:

पोखरा । तमु समुदायको सामाजिक अग्रणी संस्था तमुधिं नेपाल ४२ औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रमहरु गर्ने भएको छ।

तमु धिं नेपालको ४२ औं स्थापना दिवसको अवसरमा जेठ ३ गते तमु धिं नेपाल केन्द्रीय युवा समितिले बिहान महेन्द्रपुलमा रक्तदान कार्यक्रम गर्ने भएको छ भने दिउँसो तमु धिं नेपालमा मेजर जयबहादुर–उदय चन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट विभिन्न १६ जना बिरामीहरुलाई उपचार सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको तमु धिं नेपालले जनाएको छ।

यसरी नै तमु धिं नेपाल स्थापना भएको दिन जेठ ५ गते विशेष कार्यक्रम गरी नयाँबजारस्थित केन्द्रीय कार्यालय प्राङ्गणमा स्थापना दिवस मनाउने भएको छ। गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा तमु धिं नेपालका तत्कालीन प्रमुख सल्लाहकार स्वर्गीय गणेशबहादुर गुरुङको स्मृतिमा स्थापित अक्षयकोषबाट शैक्षिक क्षेत्रमा विशेष योगदानबापत लिटिलस्टेप मावि एवम् लिंकन कलेजका संस्थापक, तमु धिं नेपालका संस्थापक सचिव शेरबहादुर गुरुङलाई १ लाख ११ हजार १११ रुपैयाँसहित सम्मान अर्पण, विशिष्ट समाजसेवीहरु क्या.कमल गुरुङ, खिलाङ गुरुङ समाजका अध्यक्ष होमबहादुर गुरुङ, तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ लगायतलाई सम्मान गरिने भएको छ ।

यसरी नै कार्यक्रममा एनएमबी बैंकको सहकार्यमा सामुदायिक विद्यालयमा अध्ययनरत ४० जना तमु विद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामग्री, शैक्षिक शुल्कसहितको सहयोग हस्तान्तरण कार्यक्रम रहेको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!