लन्डन । बेलायतमा गायिकाहरु निर्जला गुरुङ र रुपी सिन्जाली मगरको प्रस्तुतिमा आज नेपाली सांगीतिक साँझ हुँदै छ ।
द ब्रिटिस गोर्खा भेटेरान्स एसोसिएसनको आयोजनामा आइतबार गोर्खा कर्नरमा सांगीतिक साँझ हुन लागेको हो । कार्यक्रम बेलुकी ५ बजेदेखि सुरु हुने छ । सहभागीका लागि १० पाउन्ड टिकट लाग्ने आयोजकले जनाएको छ । गायिका निर्जला गुरुङले रमाउन आउन बेलायतवासी नेपालीलाई अनुरोध गरेकी छन् ।






