लन्डन । पुन मगर समाज युकेले आगामी २७ जुन २०२६ मा भूमेपूजा तथा वार्षिक भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपालबाट आएका चर्चित कलाकारको प्रस्तुतिसहित शनिबार २७ जूनमा फानबोरोस्थित कोडी बोम्यान स्पोर्ट्स एन्ड सोसियल क्लबमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा कलाकारहरु ललिता पुन मगर, निरुता पुन मगर, सरिस्मा राम्जाली मगर, गोविन पुन मगर र गगन पुन मगर सहभागी हुने पुन मगर समाज युकेका अध्यक्ष तुलचन्द्र तिलिजाले जानकारी दिएका छन् ।
यस वर्षको कार्यक्रम संयोजक तेज राम्जाली रहेका छन् ।
‘मौलिक तथा संस्कृति पर्व भुमे पूजा २०८३/२०२६ मा आदरणीय सम्पूर्ण बाबाआमा, दाजुभाइ, दिदीबहिनी, छोराछोरी, इष्टमित्रहरुलाई Saturday 27 June 26 मा Cody bowman sport & social club, Armstrong Way, Fairway, Farnborough GU14 0LP उपस्थिति भई भुमे प्रसाद जाड ग्रहण गर्दै नेपालबाट पाल्नुभएका चर्चित चर्चित कलाकार भाइबहिनीहरुको गीत साथै धौलागिरि नौमती बाजाको तालमा उठ्यो बस्यो नाच्न पाल्दिन हुन बिनम्र निमन्त्रणा गर्दछौं,’ समाजले आग्रह गरेको छ ।’






