हिलियर गार्डेनमा निर्मित चौतारा र नेपाली बगैंचाको २९ औं वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

SHARE:

लन्डन १६ मे २०२६ । बेलायतमा इस्टले गोर्खा नेप्लिज एसोसिएसनको आयोजनामा बेलायतको विनचेस्टरस्थित सर हेरोल्ड हिलियर गार्डेनमा निर्मित चौतारा र नेपाली बगैंचाको २९ औं वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ ।

इस्टले गोर्खा नेप्लिज एसोसिएसनका अध्यक्ष कमलबहादुर पुर्जालको नेतृत्वमा उपस्थित समुहले गोर्खा चौतारीमा ट्रमपेटद्वारा लास्ट पोस्ट र रिभाली खेलेर दिवंगत गोर्खा तथा उनका परिवारहरुको स्मृति गरेका छन्। वार्षिकोत्सवमा Chief Guest Councillor Mark Cooper, Councillor Dhan Sarki, Dr Sue Tippett, Claire Goddard, Martin Brooks, Emma Boryer, Roy and Sue Lancaster, Jon Dyer-Slade, Sarah Turl, Mayor Mark Turl, James Strachan , Colin Meadows MBE , Samantha Meadows, David and Wendy Jewell, James de Laine, Mark Powell , Anna Stilling लगायत बेलायतमा स्थापित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार, कलाकार र नेपाली तथा गैरनेपालीहरुको उपस्थिति रहेको थियो।

गोर्खा चौतारीवाट फर्केर आएपछि आमन्त्रित पाहुनाहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरेर वार्षिकोत्सव शुरुआत गर्दै आ-आफ्नो मन्तब्य राखेका थिए भने उपस्थित कलाकारहरुले आ-आफ्नो कला प्रस्तुत गरेका थिए। औपोचारिक कार्यक्रम कमल बहादुर पुर्जाले संचालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम पत्रकार तथा गायक मंसुधन थापा मगरले संचालन गरेका थिए।

अन्त्यमा कमल बहादुर पुर्जाले उपस्थिति सम्पूर्ण पाहुनाहरु बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार, कलाकार र नेपाली तथा गैरनेपाली दाजुभाई तथा दिदि बहिनि हरुलाई धन्यवाद दिएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!