नेपाल तामाङ घेदुङको अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित [मतपरिणामसहित]

SHARE:

काठमाडौं । तामाङ समुदायको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङको अध्यक्षमा रामकृष्ण ब्लोन तामाङ निर्वाचित भएका छन् ।

काठमाडौंमा तीन दिनसम्म चलेको घेदुङको १० औं महाधिवेशनले ब्लोनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा अध्यक्षमा विजयी ब्लोनले ३०६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धीहरु कुमारसिंह घिसिङ ९८, मित्रसेन योञ्जन ५९, अमिर लामा मोक्तान ३२ र मानबहादुर तामाङले २६ मत प्राप्त गरे । सहअध्यक्षमा सरोजमोहन लामा निर्विरोध निर्वाचित भए भने वरिष्ठ उपाध्यक्षमा सन्चु ब्लोन तामाङ निर्वाचित भइन् । ब्लोनले ३६० मतसहित विजयी हासिल गर्दा उनका प्रतिस्पर्धी हरिजंग तामाङलवे १३२ मत ल्याएका थिए ।

खुलातर्फ ५ उपाध्यक्षमा काजीमान थिङ, दिनेश कुमार लो, पासाङदोर्जे लामा, प्रेम लो तामाङ, रुपबहादुर योञ्जन निर्वाचित भए भने महिला उपाध्यक्षमा दिना लामा विजयी भइन् । महिला उपाध्यक्षमा बिना माम्बा तामाङ पनि निर्वाचित भइन् ।

महासचिव लीलाकुमार घलान, दुई उपमहासचिवमा निर्मलबहादुर तामाङ, बिलाम मुक्तान र महिला उपमहासचिवमा श्रमिक लामा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

घेदुङको नयाँ नेतृत्वका लागि अधिवक्ता कुन्साङ योन्जन प्रमुख निर्वाचन आयुक्त रहेको समिति बनाइएको थियो । जसमा आयुक्तहरु सोमबहादुर घले तामाङ, कुमार ब्लोन थिए ।

घेदुङको काठमाडौंको स्वयम्भूस्थित एक पाटी प्यालेसमा शुक्रबार महाधिवेशन उद्घाटन गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!