छैटौँ सुइन्डन भलिबल कपको उपाधि १ जीआर र मोनालाई

SHARE:

जयराम तामाङ, स्वीन्डन, युके ।

मे १६ तारिख शनिबारका दिन स्वीन्डनस्थित न्यु कलेजको खेल मैदानमा छैटौँ स्वीन्डन भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। गोर्खा नेपाली समाज स्वीन्डन र स्वीन्डन भलिबल क्लबको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा पुरुषतर्फ १५ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गरेका थिए।

पुरुषतर्फको प्रतिस्पर्धात्मक फाइनल खेलमा १ जीआर (रोयल गोर्खा रेजिमेन्ट) ले बागलुङ टिमलाई २-१ को सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ। पुरुषतर्फ खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका नोमराज थापा मगर ‘बेस्ट प्लेयर’ (सर्वोत्कृष्ट खेलाडी) घोषित भए। विजेता समूहले १ हजार ५ सय पाउन्ड नगद, मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गर्‍यो भने उपविजेता (फर्स्ट रनरअप) बागलुङ टोलीले १ हजार पाउन्ड नगद, मेडल, प्रमाणपत्र र शिल्डमा चित्त बुझायो। विजेता तथा उपविजेता टोलीहरूलाई कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका पदाधिकारीहरूले पुरस्कार वितरण गरेका थिए।

यसैगरी, महिलातर्फको फाइनल भिडन्तमा मोना (म्याग्दी प्रवासी नेपाली संघ) ले शालीजा टिमलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधि चुम्यो। महिलातर्फ उत्कृष्ट प्रदर्शन गरेकी सीता पुन सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। विजयी मोना टिमलाई ८ सय पाउन्ड नगद, मेडल, प्रमाणपत्र र शिल्ड तथा द्वितीय हुने टोलीलाई ५ सय पाउन्ड नगद, मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गरियो। प्रतियोगितालाई १२ जना नेपाली तथा स्थानीय रेफ्रीहरूले निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराएका थिए।

सुइन्डन भलिबल क्लबका अध्यक्ष सन्त पुन, गोर्खा नेपाली समाज स्वीन्डनका अध्यक्ष राम थेबे, मनु पाईजा, धन राई लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूले प्रतियोगितालाई व्यवस्थित रूपमा सम्पन्न गर्न ठुलो सहयोग पुर्‍याएका थिए। खेल मैदानमा खेलको रौनक सँगसँगै दर्शकहरूका लागि बारबिक्यु लगायतका विभिन्न स्टलहरू समेत राखिएको थियो। यस विशेष भलिबल प्रतियोगितालाई सफल पार्न करिब ५० वटा विभिन्न संघसंस्था तथा व्यवसायहरूले प्रायोजन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!