तमु धिं नेपालको ४२ औं स्थापना दिवस : लिटिलस्टेपका गुरुङ सम्मानित, ४० विद्यार्थीलाई शैक्षिक सहयोग

SHARE:

पोखरा । तमु समुदायको सामाजिक अग्रणी संस्था तमु धिं नेपालले ४२ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले उद्घाटन गर्नुहुँदै अप्ठ्यारो अवस्थामा स्थापित तमु धिं नेपालले तमुहरुको एकता, पहिचान र अधिकारको यात्रालाई सशक्त बनाउने शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले तमु धिं नेपाल संस्था मात्र नभई सामुदायिक आत्म हो भन्नुहुँदै समाज विकासका लागि तमु धिंको भुमिकाको प्रसंशा गर्नुभयो । विगतदेखि गण्डकी प्रदेश सरकारले तमु धिंका लागि केही न केही योजना समावेश गरेको र यस वर्ष पनि सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा तमु धिं नेपालका तत्कालिन प्रमुख सल्लाहकार स्वर्गीय गणेशबहादुर गुरुङको स्मृतिमा परिवारद्धारा स्थापित अक्षयकोषबाट विगत साढे चारदशकदेखि लिटिलस्टेप मावि संचालन एवम एक दशक अघिदेखि लिंकन कलेजका संचालन गरी हजारौं विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्नु भएका तमु धिं नेपालका संस्थापक सचिव शेरबहादुर गुरुङलाई शैक्षिक क्षेत्रमा विशेष योगदान बापत १ लाख ११ हजार १११ रुपैयाँसहित सम्मान अर्पण गरिएको थियो। उहाँलाई प्रमुख अतिथि मन्त्री गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्म तमु, अक्षयकोषका संरक्षक तथा स्वर्गीय गणेशबहादुर गुरुङका छोरा समिर गुरुङ र बुहारी डा.महिमा गुरुङ लगायतले सम्मानपत्र, फेटा, भाङग्रा, माला, खादासहित सम्मान गरिएको थियो । यसरी नै तमु समुदाय र तमु धिंका लागि विशेष योगदान पुर्याउनुभएका समाजसेवीहरु क्या.कमल गुरुङ, खिलाङ गुरुङ समाजका अध्यक्ष होमबहादुर गुरुङ, तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङलाई सम्मान गरिएको थियो।

यसरी नै उक्त कार्यक्रममा एनएमबी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगर तमु धिंसँगको सहकार्यमा सामुदायिक विद्यालयमा अध्ययनरत ४० जना तमु विद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामग्रीसहितको सहयोग प्रमुख अतिथि गुरुङ, तमु धिं नेपाल अध्यक्ष, एनएमबी बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जित लगायतले वितरण गर्नुभएको थियो।

यसै बिच लिटिस्टेप सेकेण्डरी स्कुल र तमु धिं नेपाल विच तमु विद्यार्थीहरुलाई निशुल्क अध्ययन गराउने बारे सहमति पत्रमा हस्ताक्षर गरिएको छ। लिटिलस्टेपकी प्रिन्सिपल पम्फा गुरुङ र तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको पाँच वर्षे सहमति पत्रमा तमु धिं नेपालको सिफारिसमा दुई जना तमु विद्यार्थीहरुलाई उच्चमावि विद्यार्थीलाई निशुल्क अध्ययन गराउने र अन्यलाई तमु धिंको सिफारिस बमोजिम छुट लगायतको सुविधा दिने भएको छ।
कार्यक्रममा सम्मानित शेरबहादुर गुरुङले आदरणीय गणेशबहादुर गुरुङ सरको स्मृतिमा तमु धिं नेपालको स्थापना दिवसमा शैक्षिक सम्मान ग्रहण गर्न पाउदा अत्यन्तै गौरब महसुस गरेको बताउनुभयो। तमु धिं स्थापना देखि वर्तमानसम्म संस्थापक अध्यक्ष कर्म तमु र वर्तमान अध्यक्ष हुमबहादुर गुरुङको योगदानको प्रसंशा गर्नुहुदै तमु धिंलाई उदाहरणीय संस्थाको रुपमा विकास गराउन भौतिक, बौद्धिक, कार्यक्रमिक रुपले अघि बढाउने चाहना आफ्नो रहेको बताउनुभयो ।
शुभकामना व्यक्त गर्नुहुदै तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले स्थापनाकालदेखि वर्तमानसम्मका प्रयासहरु, दुखकष्टदेखि साथ सहयोगको जानकारी गराउनुहुदै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।

एनएमबी बैंक लिमिटेड गण्डकी प्रदेश प्रमुख राजिव रञ्जितले शुभकामना दिनुहुदै तमु धिं नेपाल जस्तो ऐतिहासिक संस्थासँग सहकार्य गर्न पाउदा खुशी व्यक्त गर्नुहुँदै बैंक तमु धिं र तमु समुदायसँग सधै हातेमालो गरेर अघि बढ्ने बताउनुभयो।
तमु धिं नेपाल स्याङजा जिल्ला अध्यक्ष बेलकुमार गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु धिं एउटा संस्था मात्रै नभई इतिहास, वर्तमान र भविष्य भएको बताउनुभयो।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ र संचालन महासचिव जुना कुमारी गुरुङले गर्नुभएको थियो भने कार्यक्रममा तमु धिं नेपालका युवा समिति र विद्यार्थी समितिका तर्फबाट विविध साँस्कृतिक प्रस्तुति गर्दै मनोरञ्जन दिलाएका थिए ।

यस अघि तमु धिं नेपालको ४२ औं स्थापना दिवसको अवसरमा तमु धिं नेपाल केन्द्रिय युवा समितिलद्धारा आयोजित रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको थियो भने मेजर जयबहादुर–उदय चन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट विभिन्न १६ जना विरामीहरुलाई ४ लाख रुपैयाँ उपचार सहयोग हस्तान्तरण गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!