नेपाल मगर संघको अध्यक्षमा उम्मेदवारी दिने गंगाबहादुर थापामगरको घोषणा

SHARE:

काठमाडौं । नेपाल मगर संघका वर्तमान उपाध्यक्ष गंगाबहादुर थापामगरले आसन्न १३ औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सक्षम, दूरदर्शी र संगठनलाई एकताबद्ध गर्दै अघि बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको महसुस भएको भन्दै उनले मंगलबार अध्यक्ष पदका लागि उम्मेदवारी दिने जानकारी गराएका हुन् । ‘अधिवेशनमा उपस्थित सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षकज्यूहरूलाई संगठनको हित, स्थायित्व र उज्ज्वल भविष्यलाई मध्यनजर गर्दै मेरो पक्षमा समर्थन तथा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। धेरै उम्मेदवारबीच स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धा स्वाभाविक भए पनि संगठनलाई मजबुत बनाउने नेतृत्व चयनमा यहाँहरूको अमूल्य मत निर्णायक हुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन् ।

नेपाल मगर संघको महाधिवेशन यही जेठ ८ देखि १० सम्म काठमाडौंमा हुँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!