काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मालाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले उनलाई मंगलबार सो पदमा नियुक्त गरेका हुन् ।
नवनियुक्त प्रधानन्यायाधीश डा शर्मालाई आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडलले नवनियुक्त प्रधानन्यायाधीश डा शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा साँझ आयोजित एक समारोहमा राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति थियो ।






