राज्यद्वारा वेपत्ता पारिएकालाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड

SHARE:

काठमाडौं। तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता पारिएका योद्धाहरुलाई अविलम्ब सार्वजनिक गर्न पिडित परिवार तथा सरोकारवालाले जोडदिएका छन्। वेपत्ता योद्धा परिवारहरुले जेठ ७ गतेलाई वेपत्ता योद्धा स्मरण दिवसको रुपमा मनाउने गरेका छन्।

वेपत्ता योद्धा परिवार समाजद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा डा.रामवहादुर भण्डारीले ‘ वेपत्ता पारिएका नागरिकको सार्वजनिकरणको प्रश्न र संक्रमणकालिन न्याय’ विषयक कार्यपत्र पेश गरेका थिए।

कार्यक्रममा विभिन्न दलका प्रतिनिधि तथा सरोकारवाले वेपत्ता नागरिक अविलम्ब सार्वजनिक गर्न जोड दिएका थिए। संविधानसभा सदस्य एवम् काङ्ग्रेस नेता राधेश्याम अधिकारीले जुनसुकै सरकार आएपनि वेपत्ता नागरिक सार्वजनिक गर्न र शान्तिप्रक्रियाको काम टुंगो लगाउन विलम्ब गर्नु नहुने वताए।

नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् प्रतिनिधिसभा सदस्य रमेश मल्लले वेपत्ता नागरिक सार्वजनिकरणको प्रश्नलाई सदनमा जोडदार रुपमा उठाउने वताए। मल्लले प्रचण्ड प्रधानमन्त्री हुंदा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएपनि वेपत्ताको काम पुरा गर्न वांकी रहेको वताए।

संविधानसभा सदस्य समेत रहेकी एमाले नेतृ विन्दा पाण्डेले न्याय नपाउंदासम्म न्यायको लडाईं जारी राख्नुपर्ने वताइन् । पाण्डेले सत्ता र शक्तिवाट कहिल्यै हट्नु पर्दैन भन्ने सोचले वेपत्ता नागरिक सार्वजनिक गर्न ढिलाई भएको वताइन्।

नागरिक अगुवा चरण प्रसाईले नयां सरकारले नीति तथा कार्यक्रममा संक्रमणकालिन न्यायका विषयमा प्रतिवद्धता जनाएको हुनाले आशावादी भएको वताए। प्रसाईले वेपत्ता योद्धाहरुको योगदानलाई राज्यले सदैव स्मरण गर्नपर्ने वताए।

कार्यक्रममा वेपत्ता परिवारका तर्फवाट वेपत्ता योद्धा दण्डपाणि न्यौपानेकी जीवनसाथी शान्ता न्यौपाने, वेपत्ता योद्धा मिलन नेपालीकी जीवनसाथी सविता बस्नेतले अविलम्ब सार्वजनिक गर्न माग गरे। त्यसैगरी वेपत्ता योद्धा पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेतका पिता भीमवहादुर बस्नेत र वेपत्ता अमृत कंडेलका पिता टिका कंडेलले आफ्ना सन्तानहरुको स्थिति सार्वजनिक गर्न माग गरे।

कार्यक्रममा वेपत्ता योद्धा कमला गौतमका जीवन साथी दिनेस शर्माले शान्ति प्रक्रिया नटुङ्गिए दिगो शान्ति कायम नहुने वताए। त्यस्तै तत्कालीन विद्रोहीद्वारा हत्या गरिएका ब्यक्तिका जीवनसाथी मैना कार्कीले सवै पिडितहरु न्यायका लागि एकहुनुपर्ने वताइन्।

वेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगका सचिव ध्रुवकुमार चौहानले आयोग पदाधिकारीविहिनतावाट गुज्रिरहेको हुनाले कामको गतिमा ब्यवधान आएको वताए। आयोगले जेठ ७ गतेलाई राज्यको तर्फवाट ‘वेपत्ता राष्ट्रिय स्मृति दिवस’ घोषणा गर्न शिफारिस गरेको चौहानले वताए।

सत्य निरुपण तथा मेलमिलाप आयोगकी सचिव निर्मला अधिकारीले वेपत्ता परिवारलाई आफ्ना जायज माग सरकार समक्ष गम्भीरतापुर्वक राख्न आग्रह गरिन्। राष्ट्रिय मानव अधिकार आयोगका वरिष्ठ मानव अधिकार अधिकृत खिमानन्द वस्यालले वेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्न राज्य थप गम्भीर हुनुपर्ने वताए। कानुन मन्त्रालयका सहसचिव मानवहादुर अर्यालले सरकारले शान्तिप्रक्रियाको कामलाई गम्भीरतापुर्वक अघि वढाउन प्रयत्नशील रहेको वताए।

वि.स.२०५६ जेठ ७ गते काठमाडौंको तेबःहालबाट तत्कालीन माओवादीका केन्द्रीय सदस्य दण्डपाणि न्यौपाने , नवीन राई , कमला शर्मा , मिलन नेपालीलाई गिरफ्तार गरी बेपत्ता बनाएको दिनलाई प्रतिकात्मक रुपमा वेपत्ता योद्धा स्मरण दिवसको रुपमा मनाउंदै आएको वेपत्ता परिवार समाजका अध्यक्ष एकराज भण्डारीले जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!