सत्यहाङमा माविमा बेलायतवासी शुभ नेम्बाङ दम्पतीद्वारा स्थापित अक्षय कोषबाट विद्यार्थीहरु पुरस्कृत

SHARE:

काठमाडौं । पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका-२ इम्बुङस्थित श्री सत्यहाङमा माध्यमिक विद्यालयमा बेलायतवासी शुभ नेम्बाङ दम्पतीद्वारा स्थापित अक्षय कोषबाट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत भएका छन् ।

केबीडी नेम्बाङ अक्षय कोषको प्राप्त ब्याजबाट २०८३ जेठ ८ गते एक कार्यक्रमबीच विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको हो । विद्यालयका अनुसार, शैक्षिक सत्र २०८२ को कक्षा बा.वि.के. देखि कक्षा १० सम्मका प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई मेडलसहित पुरस्कार प्रदान गरिएको छ । यस्तै प्रत्येक कक्षाका उत्कृष्ट अनुशासित, उत्कृष्ट हाजिरी, सरसफाईमा पुरस्कार प्रदान गरिएको छ भने विद्यालयकै सर्वोत्कृष्ट हाजिरी र अङ्क ल्याउनेहरु पनि पुरस्कृत भएका छन् ।

सोही अवसरमा अभिभावक सम्मान, अन्य विद्यालयबाट आएका विद्यार्थीहरू र कृतिका नेम्बाङलाई सम्मान गरिएको थियो ।

बेलायतवासी समाजसेवी शुभ नेम्बाङ र काजी साम्यु दम्पतीले गत वर्ष विद्यालयमा पाँच लाख रुपैयाँको केबीडी नेम्बाङ अक्षय कोष स्थापना गरेका थिए ।

केबीडी (सार्जन्ट कुवेरसिं नेम्बाङ, धर्मपत्नीहरु बुद्धमाया जबेगु नेम्बाङ, धनमाया नेम्बाङ) को नामबाट स्थापना गरिएको अक्षय कोष हो । शुभ नेम्बाङ किरात याक्थुङ चुम्लुङ यूकेको महिला कमिटीको महासचिव, केवाईसी युथ फोरमको कोषाध्यक्ष छिन् । उनले यसअघि ताप्लेजुङको खवाङस्थित गणेश माविमा पनि ५ लाखको अक्षय कोष स्थापना गरिदिएकी थिइन् । त्यसबाहेक बेलायत र नेपालमा विभिन्न सहयोगलाई निरन्तरता दिँदै आइरहेकी छन् ।

काजी साम्यु किरात याक्थुङ चुम्लुङ (केवाईसी) आसफोर्ड शाखाको पूर्वउपाध्यक्ष हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!