काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ काठमाडौँको अध्यक्षमा नबीन बाबु गुरुङ चयन भएका छन् ।
संघको शनिबार काठमाडौंस्थित तमु बौद्ध सेवा समिति नेपालमा आयोजित दोस्रो अधिवेशनबाट नवीनबाबुको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा किशोर गुरुङ, सचिव पिम गुरुङ र कोषाध्यक्ष सृष्टि गुरुङ चयन भए ।

सदस्यहरुमा अनुप गुरुङ, रत्न गुरुङ, अपेक्षा गुरुङ, पिटर गुरुङ र बिबेक गुरुङ चयन भएका तमू (गुरुङ) सञ्चारकर्मी संघका अध्यक्ष लाला गुरुङले जानकारी दिए ।
तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल काठमाडौंका अध्यक्ष मनिराज गुरुङको अध्यक्षतामा, तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष लाला गुरुङको प्रमुख आतिथ्यतामा र तमु बौद्ध सेवा समिति नेपालका अध्यक्ष नारायण गुरुङ,तमु (गुरुङ ) पर्यटन व्यवसायी संघ नेपालका अध्यक्ष बाबुराम गुरुङ,तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका सल्लाहकार एवम् वरिष्ठ पत्रकार खिम घले,केन्द्रीय महासचिव चित्र गुरुङ, केन्द्रीय सदस्य केशव गुरुङ ज्यु र तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल कास्कीका सचिव सम्राट गुरुङको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।


तस्बिर सौजन्य : लाला गुरुङ






