चिम्खोले समाज युकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

SHARE:

बेलायत। चिम्खोले समाज युकेको १६ औं वार्षिक भेटघाट कार्यक्रम बेलायतको अल्डरसटस्थित एम्पायर हलमा शनिबार २३ मे २०२६ का दिन सम्पन्न भएको छ।

भेटघाट कार्यक्रमको पहिलो चरणमा सुरक्षासम्बन्धी जानकारी, आसन ग्रहण, दीप प्रज्वलन र नेपाली राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। साथै, चिमखोला गाउँबाट दोस्रो विश्वयुद्धमा दिवंगत भएका वीर योद्धाहरू र चिम्खोले समाज युकेका दिवंगत २४ जना सदस्यहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो।

चिम्खोले समाज युकेका अध्यक्ष मोतीबहादुर तिलिजाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा म्याग्दी जिल्लाका पूर्वजिल्ला सभापति लेफ्टिनेन्ट भोकबहादुर पुन प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष चौबहादुर पुनले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव धनबहादुर पुनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। त्यस्तै, विभिन्न देशमा स्थापित चिम्खोले समाजका अध्यक्षहरूले भर्चुअल माध्यमबाट शुभकामना सन्देश व्यक्त गर्नुभएको थियो।

सो अवसरमा समाजमा उदाहरणीय कार्य गर्ने व्यक्तित्वहरू, शिक्षा क्षेत्रमा विशेष योग्यता हासिल गर्ने प्रतिभाहरू, आमन्त्रित पाहुनाहरू र नयाँ सदस्यहरूलाई सम्मान गरिएको थियो। संस्थाका अध्यक्ष मोतीबहादुर तिलिजाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रमको दोस्रो चरणमा स्थानीय कलाकारहरूले आकर्षक नृत्य तथा गायन प्रस्तुत गरेका थिए भने चर्चित लोक दोहोरी गायिका सम्झना भण्डारी र लोकप्रिय डान्सर शिवदास गुरुङको बेजोड प्रस्तुतिले उपस्थित दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!