पोखरा । गुरुङ (तमु) समुदायको आदिम सभ्यता (पुर्ख्यौली थलो) क्व्होलासोथारसम्म जानका लागि (पहिलो खण्ड) कास्कीको ताङ्तिङ, क्रपुडाँडादेखि चोम्रोसम्म जाने फुट ट्र्याक सिँढी गोरेटो बाटोको निर्माण कार्य सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयको विशेष सहयोगमा आर्थिक वर्ष २०८१/०८२ को बिनियोजित बजेट तीस लाख लागतमा उक्त बाटो बनाइएको हो । यसैगरी आर्थिक वर्ष २०८२/०८३ को विनियोजित बजेट बीस लाख लागतमा (दोश्रो खण्ड) चोम्रोदेखि तप्रो धर्मशालासम्मको फुट ट्र्याक सिँढी गोरेटो बाटोको निर्माण कार्य धमाधम भइरहेको छ ।
उक्त फुट ट्र्याक कार्ययोजना तमु प्ये ल्हु संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष एकजंग ल्हें तमुले संयोजन गरेका हुन् ।
त्यसैगरी आगामी वर्षहरूमा पनि पर्यटन मन्त्रालयबाट बजेट निकासा गरी क्व्होलासोथार अर्थात् क्व्होला सोंप्रे ट्होंसम्म जान फुट ट्र्याक सिँढी गोरेटो बाटो पुर्याई आवागमनमा सहज बनाउने लक्ष्य रहेको कुरा संयोजक एकजंग प्ल्हें तमुले बताएका छन् ।


फोटो सौजन्य : एकजंग प्ल्हें तमु ।






