चर्चित कथावाचक पण्डित कुवेर सुवेदी बेलायत आइपुगे

SHARE:

लण्डन । १८ पुराणका ज्ञाता तथा चर्चित कथावाचक पण्डित कुवेर सुवेदी बेलायत भ्रमणमा आएका छन् । धर्मदर्शन कल्चर सेन्टर बेलायतको आयोजनामा लण्डनमा हुन लागेको एक धार्मिक कार्यक्रममा सहभागी हुन उनी सोमबार साँझ लण्डनस्थित हिथ्रो विमानस्थलमा अवतरण गरेका हुन्। सुवेदीको स्वागतका लागि धर्मदर्शन कल्चर सेन्टर बेलायतका पदाधिकारीहरू विमानस्थल पुगेका थिए।

धर्मदर्शन कल्चर सेन्टरका अनुसार पण्डित सुवेदीले आगामी मे ३१ तारिख, आइतबार, लण्डनस्थित स्ट्यानवेल–हिथ्रो कम्युनिटी हलमा आयोजित कार्यक्रममा प्रवचन दिने कार्यक्रम छ।

पश्चिम लण्डनमा एक बृहत् धार्मिक तथा सांस्कृतिक केन्द्र स्थापना गर्ने उद्देश्यसहित धर्मदर्शन कल्चर सेन्टर स्थापना गरिएको हो। सो कार्यक्रममा संस्थापक सदस्यहरूलाई विशेष सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ।

कार्यक्रममा बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, समाजसेवी, व्यवसायी तथा बेलायतवासी नेपाली समुदायलाई आमन्त्रण गरिएको छ।

धर्मदर्शन कल्चर सेन्टर बेलायतस्थित नेपाली समुदायलाई एउटै साझा मञ्चमा समेट्दै धार्मिक, सांस्कृतिक परम्परा र मूल्यमान्यतासहितका चाडपर्वहरू संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो। साथै, पश्चिम लण्डनमा धार्मिक तथा सांस्कृतिक तीर्थस्थल विकास गर्ने लक्ष्य पनि लिइएको छ।

पण्डित सुवेदी एक सातासम्म बेलायतमा रहने धर्मदर्शन कल्चर सेन्टर यूकेले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!