काठमाडौं । नेपाल तामाङ घेदुङको संघीय कार्यसमितिका सहअध्यक्ष सरोजमोहन लामा (मोक्तान) तामाङलाई पितृशोक परेको छ । उनका बुवा नारायण लामा तामाङको ९४ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो ।
नारायण लामा वि. सं. १९९० सालमा दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नं.३ स्थित उर्लेनीमा जन्मिएका थिए । उनी तामाङ समुदायको भाषा, संस्कृति, धर्म संरक्षण, सम्बर्द्धनका साथै बोन पराम्पराको पहिचानको लागि निरन्तर लागिरहेका थिए । पारिवारिक स्रोतका अनुसार नारायण लामाको दाहसंस्कार बिहीबार (२०८३/०२/१४) गते मेलुङ-३ उर्लिनीबाट गरिनेछ ।
यसैबीच नेपाल तामाङ घेदुङले सहअध्यक्ष तथा समाजसेवी व्यक्तित्व सरोज मोहन लामा तामाङका बुवा नारायण लामा तामाङको ९४ वर्षको उमेरमा निधन भएको खबरले स्तब्ध भएको जनाएको छ ।
अध्यक्ष रामकृष्ण ब्लोन तामाङले बुधबार शोक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । नारायण लामाले समाज तथा परिवारमा पुर्याएको योगदान सधैं स्मरणीय रहिरहने घेदुङले उल्लेख गरेको छ ।
‘दिवंगत हुनुभएका बुवा नारायण लामा तामाङ वि.सं. १९९० सालमा दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नं.३ स्थित उर्लेनीमा जन्म भई तामाङ समुदायको भाषा, संस्कृति, धर्म संरक्षण, सम्बर्द्धनका साथै बोन पराम्पराको पहिचानको लागि निरन्तर लागिरहनुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो शोकको घडिमा उहाँको चित्तले देवाचेन लोकमा बास पाउन सकोस् भन्ने कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’






