भार्सेली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा प्रेम बुढाथोकी

SHARE:

लन्डन । भार्सेली समाज यूकेको अध्यक्षमा प्रेम बुढाथोकी चयन भएका छन् ।

२३ मे २०२६ मा लण्डन उलउईजमा सम्पन्न भएको समाजको वार्षिक भेटघाटको अवसरमा निवर्तमान उपाध्यक्ष बुढाथोकीको नेतृत्वमा नयाँ कार्ययसमिति चयन गरिएको हो । यसअघि छत्र श्रीस मगरले लामो समय नेतृत्व सम्हालेका थिए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा रिम गलामी,महासचिव टोय थापा मगर बीईएम, कोषाध्यक्ष अमर थापा मगर चुनिएका छन् । साथै आमा समूह अध्यक्षमा पबित्रा बुराथोकी, उपाध्यक्षमा किषन पुन,सचिवमा कुमारी थापा र कोषाध्यक्षमा गनु दर्लामी सर्वसम्मत चयन भएका छन्।

सबै कार्यसमितिलाई समाजका सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

समाजमा केही महत्त्वपूर्ण काम गरेका विभिन्न विधामा उच्च समान प्राप्त गरेका सदस्यहरूलाई सम्मान गरिएको थियो। साथै द भ्वाइस अफ नेपाल सिजन ७ की उपविजेता चर्तिच भर्सटाइल गायिका पुनम गुरूड दर्लामी साथै अन्य कलाकारहरूको साथ विभिन्न कार्यक्रम भएको थियो । विशेषत: भार्सेलीहरूको मौलिक सोरठी नाच भार्सेली ठाडोभाका सालैजो, झ्याउरेले एक चोटी गुल्मी भार्सेमा पुगेको महसुस गराएको सहभागीले बताएका छन् ।

कार्यक्रम महासचिव टोय थापा मगर बीईएमले सन्चालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम नवयुवाहरू सन्जीव राना, अजय भुजेल,नुटन श्रीस थापा, एडम पुन,अर्वन दर्लामीले सन्चालन गरेका थिए।

कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष तथा वर्तमान टष्ट्री, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य ओमप्रसाद थापा काउचा, बेलायत नेपाली नर्सिङ एसोसिएसनकी अध्यक्ष रस्मिता दर्लामी,
समाजसेवी रिडिङ फर्गटन ब्रिट्रिस गोर्खा च्यारिटीका संस्थापक डाईरेक्टर एवं भार्सेली समाजका सक्रिय सदस्य चन्द्र बुढाथोकी,गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार तथा चर्चित व्यवसायी एस्टार फाईनान्सका डाईरेक्टर मिन दर्लामी,मगर बौद्ध समाज यूकेका अध्यक्ष रिम गलामीलगायतको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!