किरात याक्थुङ चुम्लुङ थामेन्दिङ्मा यूकेद्वारा हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

SHARE:

लन्डन । किरात याक्थुङ चुम्लुङ थामेन्दिङ्मा यूकेको आयोजनामा हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

याल्डिङ मेडेस्टोन केन्टमा ३० मे शनिबार आयोजित प्रतियोगितामा सातवटा शाखालाई उछिन्दै कियाचु वेल्स शाखा प्रथम बनेको छ भने वक्तृत्वकलातर्फ लोकबहादुर सेनेहाङले प्रथम स्थान ओगट्न सफल भएका थिए। विजेता टिमलाई जनही नगद ५० पाउन्ड, प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो ।

हाजिरी जवाफमा दोस्रो स्थान कियाचु ग्रेटर लन्डन सिनियर शाखाले हासिल गर्‍यो भने कियाचु थोरक शाखा तेस्रो स्थान लिन सफल भयो । वक्तृत्वकलामा भक्ती आङ्देम्बे द्वितीय र इन्दु पङ्धाक इस्बो तृतीय स्थान लिन सफल भए । प्रतियोगिता ८ वटा शाखाले भाग लिएका थिए भने वक्तृत्वलामा ५ जनाले भाग लिएका थिए ।

प्रतियोगिताका प्रमुख अतिथि कियाचु यूकेकी अध्यक्ष कमला सेन्दाङ रहेकी थिइन् । अतिथिहरूमा एनआरएनए आईसीसी उपाध्यक्ष विश्वासदीप तिगेला, सेवारो कलाकार संघ यूकेका अध्यक्ष इन्द्र पङ्धाक लिम्बु, वेन्सा चुम्भो अध्यक्ष हाङमा लावती,नेपाल पत्रकार महासङ्घ बेलायतकी अध्यक्ष बिमला सेने, ग्रेटर रसमोर नेपाली कम्युनिटLका अध्यक्ष लिला सेलिङ माबो, किरात याक्थुङ चुम्लुङ यूकेका सङ्स्थापक अध्यक्ष खड्गजङ आङ्बोहाङ, गीतकार होमा पाहिम आङ्बोहाङ, लिम्बु थामेन्दिङमा यूकेकी पूर्वअध्यक्ष नेत्रकला (युमा) लिम्बुलगायत उपस्थित थिए ।

अतिथि इतिहासकार येहाङ लावतीले मन्तव्यको क्रममा सात समुन्द्रपार रहेर पनि आफ्नो पहिचान कायम राख्नका लागि हाजिरी जवाफ वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेकोमा आयोजकलाई बधाई तथा धन्यवाद दिए।

अध्यक्ष मनमाया नेम्बाङले विभिन्न क्षेत्रबाट आर्थिक, भौतिक सहयोगदाता, सहभागीहरुलाई धन्यवाद प्रकट गर्दै प्रतियोगितामा विजय समूहलाई बधाई दिइन् ।

मनमाया नेम्बाङको अध्यक्षतामा सम्पन्न हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम महासचिव शुभ नेम्बाङ साम्यु, सचिव धनकुमारी थक्लुङ तुम्बापोले सन्चालन गरेका थिए भने सल्लाहकार युमा लिम्बुले शुभकामना मन्तव्य, सहकोषाध्यक्ष सरला काम्बाङ्ले स्वागत मन्तब्य राखेका थिए ।

हाजिरी जवाफमा लिम्बु पहिरन मुन्धुम भाषा खानेकुरा चुम्लुङ यूके सम्बन्धित समसामयिक प्रश्नहरु सोधिएका थिए । प्रश्नोत्तर बिमला सेने, गणेश इजम र लिला सेलिङ माबोले सन्चालन गरेका थिए भने वक्तृत्वकला सचिव धनकुमारी थक्लुङ तुम्बापोले सन्चालन गरेका थिए । निर्णायक मण्डलमा लिला सेलिङ माबो, सानु सुब्बा, पूर्ण बखिम र अथिति येहाङ लावती रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!