मगर संघ यूके केन्ट शाखाको समर बिबिक्यू १८ जुलाईका दिन मेडिस्टोनमा गरिने

SHARE:

तुलसी राज राना मगर

बेलायत । मगर संघ यूके केन्ट शाखा द्धारा २०२६ सालको समर बिबिक्यू बृहत जमघट यो बर्ष मेडिस्टोनको सुटन भ्यालेन्स स्कुलमा १८ जुलाईका दिन आयोजना गरिने भएको छ । समर बिबिक्यू जमघटको पुर्व तयारी स्वरुप ३१ मे आइतबारको दिन मगर संघ यूके केन्ट शाखाका अध्यक्ष रिटाएर्ड मेजर प्रेम आले मगर एमभिओको नेतृत्वमा कार्यक्रम स्थलको अवलोकन गर्नुका साथै कार्यक्रमलाई कसरी भब्य तथा सभ्य बनाउने भनेर छोटो बैठक सम्पन्न गरिएको छ ।

बैठकको सुरुवातमै सचिव बिनम राना मगरको ममतामयी आमाको असामहिक निधन भएको खबर प्राप्त भएको हुनाले मृत आत्माको चिर शान्तीको कामना गर्दै एक मिनेट मौन धारण गरे पछी बैठकलाई सुचारु गरिएको थियो । सहसचिव भिम पुनले सन्चालन गरेको कार्यक्रममा अध्यक्ष प्रेम आले द्वारा प्रस्तुत गरिएको कार्ययोजना माथी छलफल गरिएको थियो । कोषाध्यक्ष दिपक बुढा द्वारा पछिल्लो अवस्थाको आर्थिक लेखाजोखा समन्धित जानकारी पेश गरेका थिए । गतसाल भन्दा भव्य तथा सभ्य बनाउन नेपालबाट आउने चर्चित कलाकारहरुलाई पनि कार्यक्रममा निमन्त्रणा गरिने भएको छ ।

सांस्कृतिक विभाग सचिव मोहन थापाद्वारा मनोरन्जनात्मक नाचगानको खाका प्रस्तुत माथि पनी छलफल गरिएको थियो । खानपिन तथा पेयपदार्थ साथै मनोरन्जनात्मक खेल समन्धी व्यापक छलफल गरिनुका साथै कुशल व्यावस्थापनको विषयमा पनी छलफल भएको थियो ।

जुलाई १८ तारिकको दिन हुन गैरहेको समर बिबिक्यू जमघट भब्य तथा सभ्य सफल पार्न कार्यसमिती दिलोज्यान दिएर लागी परेको हुनाले अहिले देखी नै विदा मिलाउने र केन्टवासी सम्पूर्ण मगरहरुलाई साथी सरकलमा सुचना प्रवाह गर्ने र गराउन आह्नान गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!