सरस्वती थापा – स्विन्डन, बेलायत
मगर महिला संघ यूके, स्विन्डन शाखाले दोस्रो पटक पनि मानवीय सेवाप्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै Great Western Hospital अन्तर्गत सञ्चालित ‘Brighter Future Charity’ का लागि £२६१३ रकम सफलतापूर्वक संकलन गरेको छ।
संस्थाद्वारा सञ्चालन गरिएको “900 Kilometres Distance Challenge” अभियान १ मेदेखि ३१ मे २०२६ सम्म सञ्चालन गरिएको थियो। उक्त अभियानमा १२ जना दिदीबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो, जसले नियमित Walking तथा Running मार्फत लक्ष्यभन्दा बढी कुल १७३८.३९ किलोमिटर दूरी पूरा गरेका थिए।
सहभागी १२ जना दिदीबहिनीहरू:
यमुना आले, सरस्वती थापा, बलिसरा थापा, रोना थापा, मालती थापा, बिष्णु श्रीस ,अनीता राना, गंगा राना, मनु पाईजा अन्जु राना, ज्ञानु थापा र सनम गर्बुजा रहेका छन्।
संकलित रकम Great Western Hospital को Children’s Ward तथा The Meadows Cancer Ward का लागि आवश्यक स्वास्थ्य उपकरण खरिदमा प्रयोग गरिने जनाइएको छ।
गत ३१ मे २०२६ मा स्विन्डनस्थित Coate Water Park मा सहभागी सदस्यहरू तथा कार्यसमिति टोलीले सामूहिक Walking तथा Running गर्दै अभियानको सफल समापन गरेका थिए। कार्यक्रममा सानो Celebration तथा Refreshment कार्यक्रम समेत आयोजना गरिएको थियो।
अभियानको संयोजन संस्थाकी Youth Coordinator यमुना आलेले गर्नुभएको थियो। उहाँको सक्रिय नेतृत्व, समन्वय तथा सहयोगले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको संस्थाले जनाएको छ।
यस अघि पनि संस्थाले Breast Cancer सम्बन्धी च्यारिटी अभियानमार्फत £२२१३ संकलन गरी समाजसेवामा उल्लेखनीय योगदान पुर्याइसकेको छ।
संस्थाकी अध्यक्ष सरस्वती थापा मगर सहित सम्पूर्ण टिमले यस परोपकारी अभियान सफल बनाउन सहयोग गर्ने बेलायतवासी नेपाली समुदाय, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।








