किरात याक्थुङ चुम्लुङ थामेन्दिङ्मा यूकेद्वारा लिम्बु महिला अध्यक्षहरु सम्मानित

SHARE:

लन्डन । किरात याक्थुङ चुम्लुङ थामेन्दिङ्मा यूकेद्वारा लिम्बु महिला अध्यक्षहरु सम्मानित भएका छन् ।

याल्डिङ मेडेस्टोन केन्टमा शनिबार ३० मेमा किरात याक्थुङ चुम्लुङ थामेन्दिङमा यूकेद्वारा आयोजित हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको अवसरमा लिम्बु अग्रज महिला अध्यक्षहरु सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासङ्घ बेलायतकी अध्यक्ष बिमला सेने, किरात याक्थुङ चुम्लुङ युकेकी अध्यक्ष कमला सेन्दाङ, ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष लिला सेलिङ माबो, सेवारो कलाकार सङ्घ युकेकी अध्यक्ष इन्दु पङ्धाक इस्बो, किरात याक्थुङ चुम्लुङ वेन्सा चुम्भो युकेकी अध्यक्ष हाङमा लावती, कियाचु कोल्चेस्टर शाखाकी अध्यक्ष राजकुमारी तेम्बे हुक्पा चोङ्बाङ, कियाचु वेस्ट केन्ट शाखा अध्यक्ष मेनुका अन्छङ्बोलगायत छन् । उनीहरुलाई विशेष अथिति येहाङ लावतीबाट कदरपत्र हस्तान्तरण, अध्यक्ष मनमाया नेम्बाङ्ले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

अन्य सम्मानित व्यक्तिहरुमा पूर्वअध्यक्ष नेत्रकला लिम्बु, गीतकार होमा पाहिम आङ्बोहाङ लिम्बु, पालाम गायिका दिलु मादेन, पूर्वरास्ट्रिय ब्याडमिन्टन खेलाडी शकुन्तला नेम्बाङ, किरात याक्थुङ चुम्लुङ युके, उपाध्यक्ष सानु सुब्बा र गायिका एवं मोडेल बिष्णु चेम्जोङ्लाई अध्यक्ष नेम्बाङले दोसल्ला ओडाएर सम्मान गरेका थिए।

पत्रकारिता,कलाकारिता, समाजसेवा,खेलकुद विभिन्न क्षेत्रबाट बेलायतमा रहेका नेपाली समाजप्रति अतुलनीय योगदानलाई उच्च मूल्यांकन गर्दै कदरपत्रसहित सम्मान गरेको अध्यक्ष नेम्बाङले बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!