अनेसासको नवौँ सम्मेलन सम्पन्न

SHARE:

सुरेन उप्रेती- अमेरिका।

गत महिना अर्थात मे महिनाको २२ देखि २५ सम्म अमेरिकाको कोलोराडोमा अनेसासको नवौँ सम्मेलन सम्पन्न भयो ।

भव्यरूपमा सम्पन्न यस सम्मेलनका प्रत्यक्ष सारथीहरूमा पाँच पाण्डव झैँ पाँचजना व्यक्तित्वका आ-आफ्नै विज्ञता र विशेषताहरू थिए । त्यसमा अनेसास वि‌ओटी सभापति पदम् विश्वकर्मा, केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्ले, महासचिव राजु सिटौला, कोषाध्यक्ष तारा अधिकारी र अनेसास कोलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारी हुनु हुन्थ्यो ।

मृदुभाषी सभापति पदम् विश्वकर्माको मोहनी लगाउने वोलीले सम्मेलनमा आउन नपाउनेहरूलाई समेत जाउँजाउँ बनाउँथ्यो।फलत: सम्मेलनले साहित्यको कुम्भमेलाको प्रत्याभूति दिलाउन सफल भयो । एक पटक कुरा गरेपछी मानिसका हृदयभित्रै बस्ने अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेको मेची देखि कालीसम्मका मानिससँगको आत्मिय सम्बन्धले अझ वर्तन थपियो । महासचिव राजु सिटौलाको नवोली नवोली सम्मेलनको रथलाई दायाँबायाँ मोडिन नदिई सहिमार्गमा बढाउने कलाले महत्वपूर्ण भूमिका निर्वाह गर्यो । वोल्दा पनि गीतको झंकार आउने सुरिलो स्वरकी धनी बहुप्रतिभाशाली तारा अधिकारीले सम्मेलनको वितिय थैलीलाई सम्हाल्नु भयो ।

अनेसास कोलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारीले महाभारतमा कृष्णको भूमिका निर्वाह गर्नु भयो । कुम्भमेलामा आउने पाहुनाहरुको खानपान व्यवस्थापन कार्यक्रमका हरेक पलहरूलाई चुस्त र दुरूस्त राख्न उहाँले गरेको प्रयास अनुकरणिय देखिन्थ्यो ।

स्वयंसेवी परिचालन लोभलाग्दो थियो । एयरपोर्टमा नेपाली झण्डा लिएर बस्ने बिष्नु अधिकारी देखि पाहुनाहरूलाई कार्यक्रमस्थल सम्म ल्याउने साथिहरू परोक्षमा रहेपनि योगदान अमूल्य थियो । मञ्च सजाउने जिम्मा लिनु हुने प्रतिभा बहिनी र साथिहरू देखि साँस्कृतिक कार्यक्रमको व्यवस्थापन गर्नु हुने विजयराज अधिकारी र साथिहरू । त्यस्तै खाना देखि पानी सम्म । खादा देखि माला र उपहार सम्म प्रदान गर्ने टोलिको संयोजन अपूर्व थियो । यो श्रेय संयोजकलाई नै जान्छ । आगामी सम्मेलनका आयोजकहरूलाई यस सम्मेलनले थुप्रै कुरामा प्रशिक्षण गरेको छ । सबै प्रत्यक्ष र परोक्षका सारथीहरूलाई हार्दिक नमन गर्दछु ।

अनेसासका संस्थापक देखि वर्तमान सम्मका नौजना अध्यक्षहरू उपस्थित हुनु । साहित्य र पत्रकारीताको संयोजन, चिन्तन र मनन् हुनु । दुई जना मदनपुरस्कार विजेता साहित्यकारहरूको सहभागिता हुनु । भारतको राष्ट्रिय एकादमी सम्मानबाट सम्मानित साहित्यकार देखि बिभिन्न देशका विश्वविधालयमा प्राध्यापनरत प्राध्यापकहरू उपस्थित हुनु ।

नवौँ सम्मेलनमा अनेसासलाई उचाईमा पुर्याउने, नौवटा वूँदाको घोषणापत्र प्रस्तुत हुनु । नौजना विशिष्ट नारीहरूलाई नवरत्न सम्मान प्रदान गर्नु । नेपालका डेउडा गीतका प्रवर्तक , राष्ट्रगान छनोट समितिका सदस्य नन्दकृष्ण जोशी जस्ता व्यक्तित्व देखि गोरखा पत्र र गरिमाका पूर्व प्रधान सम्पादक, स्रष्टासाँझ नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलाई सहभागी गराउनु ।
संस्कृतिको सिरानी देखि धराका सितारा जस्ता सयौ कालजयी पुस्तकहरू लोकार्पण हुनु ऐतिहासिक कार्य थिए ।

कार्यक्रम भव्यताका साथ सफल भयो । सबैलाई हार्दिक बधाई तथा आगामी दिनमा अनेसासका हरेक कार्यक्रका सफलताकालागि शुभकामना ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!