युक्रेनमा भीषण आक्रमण : कम्तीमा २२ जनाको मृत्यु, १३८ घाइते

SHARE:

किएभ । रुसले रातभर युक्रेनका विभिन्न सहरहरूमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा १६ जनाको मृत्यु भएको छ भने राजधानी किएभमा ६ जनाले ज्यान गुमाएका छन् । उद्धारकर्मीहरूले भग्नावशेषबाट एक तीन वर्षीया बालक, एक महिला र उनका आठ वर्षीय छोराको शव निकालिएको पुष्टि गरेका छन् । विस्फोटका कारण अपार्टमेन्ट भवनहरू ध्वस्त भएका छन् र धेरै क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ ।

आक्रमण बिहानसम्म जारी रहँदा विभिन्न सहरहरूमा लगातार विस्फोटका आवाज सुनिएको थियो । डिनिप्रो र आसपासका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् भने राजधानी किएभमा पनि व्यापक क्षति पुगेको छ ।

युक्रेनी वायु सेनाका अनुसार रुसले कुल ७३ वटा क्षेप्यास्त्र र ६५६ वटा ड्रोन प्रहार गरेको थियो । तीमध्ये ४० वटा क्षेप्यास्त्र र ६०२ वटा ड्रोन नष्ट वा निष्क्रिय पारिएको दाबी गरिएको छ । आक्रमणको लक्ष्य किएभ, डिनिप्रो, पोल्टावा, खार्किभ र जापोरिझिया क्षेत्रहरू रहेका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पछिल्ला हप्ताहरूमा हवाई आक्रमण तीव्र बनाउँदै युक्रेनको हवाई सुरक्षा कमजोरीको फाइदा उठाउन खोजेको युक्रेनी पक्षको आरोप छ । युक्रेनले पश्चिमी सहयोग विशेषगरी अमेरिकी हतियार आपूर्तिको कमीका कारण ब्यालेस्टिक क्षेप्यास्त्रको जोखिम अझ बढेको जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!