लन्डन । एभरेष्ट टाइम्स युकेका प्रबन्ध निर्देशक नगेन्द्र नेम्वाङलाई पितृशोकमा परेको छ। उनका बुबा पूर्व क्वीन गोर्खा सिग्नल्स (Ex QGS) का 21140791 CSgt कुवेरसिङ नेम्वाङको बेलायतको केन्टस्थित विलियम हार्भे अस्पताल, आसफोर्डमा बिहीबार ४ जूनमा ९२ वर्षको उमेरमा निधन भएको हो । कुबेरसिङको बिहीबार निधन भएको जानकारी जेठा छोरा नगेन्द्र नेम्वाङले दिएका छन्।
स्वर्गीय नेम्वाङले वि.सं. २०२९ देखि २०३३ सम्म गल्ला वाला र २०३९ देखि २०४९ सम्म पाँचथरको फिदिममा ‘असिस्टेन्ट वेल्फेयर अफिसर’ का रूपमा कार्य गरेका थिए । उनका दुई छोरा र ११ छोरीहरू रहेका छन्।
कुबेरसिङ वि.सं. १९९१ सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ इम्बुङमा जन्मिएका थिए । उनी २००९ सालमा ब्रिटिस लाहुरेमा भर्ती भएका थिए ।






