लन्डन । पाण्डवखानी समाज यूकेको यही ६ जुनमा वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ ।
कलाकारहरु सन्तोष पुन र सविना बुढा मगरको प्रस्तुतिसहित उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम अल्डरसटस्थित द प्यालेसमा हुने छ । कार्यक्रम समय दिउँसो १२ बजेदेखि राति १० बजेसम्म तय गरिएको छ ।
कलाकार सन्तोष पुनले शनिबार भेटेर रमाइलो गर्न आग्रह गरेका छन् । ‘गत वर्षहरू जस्तै, यस वर्ष पनि पाण्डवखानी समाज यूकेले आफ्नो वार्षिक भेटघाट कार्यक्रम यही आउँदो शनिबार, ६ जुन, अल्डरसट स्ट्रीट, द प्यालेसमा मनाउन गइरहेको हुनाले, सबैमा चुले निम्तो गर्दै, म पनि मेरो सांगीतिक कोसेलीहरू लिएर आउँदैछु, त्यही भेटौंला, रमाइलो गरौं, धन्यवाद,’ उनले भनेका छन् ।






