तमु धीं लन्डन ब्रान्चको आयोजनामा शनिबार डोभर ह्वाइट क्लिप एन्ड बीच टुर कार्यक्रम

SHARE:

लन्डन । तमु धीं लन्डन ब्रान्चको आयोजनामा शनिबार आउटीङ कार्यक्रम हुँदै छ ।

डोभर ह्वाइट क्लिप एन्ड बीच टुर शनिबार ६ जुन २०२६ मा हुन लागेको तमु धीं लन्डन ब्रान्चका अध्यक्ष भरत गुरुङले जानकारी गराएका हुन् । उनले आउटीङ कार्यक्रम सफल बनाउन उत्साहजनक रूपमा आ-आफ्नो नाम दिइ सहयोग पुर्‍याउने संस्थाका सबै पदाधिकारीहरु, कार्यसमिति तथा आमा समूहलाई विशेष धन्यवाद दिएका छन् ।

साथै आमा समूहबाट जसरी पहिलाको वर्षहरुमा जस्तै यस वर्ष पनि खाजा पानीको व्यवस्थापन मिलाएको जनाउँदै अध्यक्ष गुरुङले प्रशंसा व्यक्त गरेका छन् । उनले भ्रमण दलमा रहने व्यक्तित्वहरुले भ्रमणसम्बन्धी सुरक्षा सूचनालाई फलो गरिदिन अनुरोध गर्दै भ्रमण फलदायी रहनेमा विश्वास व्यक्त गरेका छन् ।

भ्रमण टोलीका लागि नर्थहल्ट लिजर सेन्टरबाट बिहान ७ बजे बसबाट पिकअप गर्ने र डोबर बीज बसपार्कबाट साँझ ६ बजे प्रस्थान गर्ने तालिक रहेको जनाइएको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!